• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पैसा बाँड्ने क्रममा कोलम्बोमा तीनजनाको मृत्यु, आठ जना घाइते

एजेन्सी । श्रीलंकाको कोलम्बोमा पैसा बाँड्ने क्रममा भएको भागदौडमा तीनजनाको मृत्यु भएको छ ।

उक्त घटनामा कम्तीमा आठ जना घाइते भएका छन् । एक व्यापारी आफ्नो गोदाममा कोरोना महामारीका कारण समस्यामा परेका मानिसहरुलाई रुपैयाँ बाँडिरहेका थिए । त्यस क्रममा त्यहाँ सयौँ मानिसहरु जम्मा भएका थिए ।

ती व्यापारीले आफ्नो योजनाबारे प्रशासनलाई कुनै जानकारी नदिएको प्रहरीले जनाएको छ । उनलाई रुपैयाँ बाँड्ने कार्यक्रमका लागि कुनै अनुमति नदिइएको प्रहरी दाबी छ । रुपैयाँ बाँड्ने घटनासँग जोडिएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर