• मंगलबार २-१३-२०७७/Tuesday 05-26-2020/ 02:17 pm

‘स्नेक भेनम’ सुविधा नहुँदा बिरामीलाई सास्ती

तनहुँ ।  जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा‘स्नेक भेनम’ सुविधा नहुँदा बिरामीले   सास्ती भोग्नुपरेको छ ।  दैनिक एक–दुई जना बिरामी उपचारका लागि अस्पताल आउने गरेका बताइएको छ । 

अस्पतालमा सर्पदंशका सामान्य किसिमका बिरामीबाहेक जटिल अवस्थाका अन्यत्र अस्पताल उपचारका लागि सिफारिस गर्ने गरिएको अस्पतालका मेडिकल अधिकृत डा दिवस ढकालले जानकारी दिए । ती बिरामीलाई स्नेक भेनम औषधि प्रयोग गरिने भएकाले बिरामीमा जटिल अवस्था आएमा तत्काल व्यवस्थापन गर्ने क्षमता अस्पतालमा स्रोत साधन नहुँदा उपचारका लागि अन्यत्र सिफारिस गर्ने गरिएको उनले बताए ।
 
सर्पदंशका लागि आवश्यक पर्ने स्नेक भेनम औषधिसमेत अस्पतालमा ल्याउने नगरेको बताइएको छ । अस्पतालमा केही समययता दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पतालका आकस्मिक विभागमा कार्यरत अहेब मदन गौतमले जानकारी दिए । सर्पदंश विषादी नदेखिए अस्पतालमै उपचार गर्ने र विष लागेको देखिए स्नेक भेनमको सुविधा भएको अस्पतालमा सिफारिस गर्ने गरिएको उहाँले जानकारी दिए  ।
 
पन्ध्र श्यया क्षमताको उक्त अस्पताल प्रादेशिक क्षेत्रको ‘क’ वर्गको अस्पताल भए पनि पछिल्लो समय सेवासुविधा पाउन नसक्दा अन्य प्रकारका बिरामीसमेत निरास हँुदै फर्कने गरेको बताइएको छ ।  अस्पतालले आँखा, दाँत, डायलाइसिस, भिडियो एक्सरे, एक्सरे, प्रसूति सेवा, ओपिडी, महिला हिंसासम्बन्धी एकद्धार सङ्कट व्यवस्थापन, मानसिक, एचआइभी सङ्क्रमितका लागि एआरटी, क्षयरोग, ल्याब, स्वास्थ्य बीमा, गर्भवती सेवा, खोप, फार्मेसीलगायतका सेवा प्रदान गर्दै आएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोराना सङ्कटका बेला योगाभ्यास अति उपयोगी : अध्ययन

  • १२ जेठ, २०७७

मेलबर्न । कोरोना सङ्कटका बेला मानसिक स्वास्थ्यका लागि योगाभ्यास अति उपायोगी हुने एक अध्ययनले देखाएको छ । कोरोनाको त्रास र लकडाउनका कारण बढेको

६६ वर्षीय क्यान्सर बिरामीले जिते कोभिड-१९

  • १० जेठ, २०७७

लखनउ । भारतमा एकजना ६६ वर्षका क्यान्सर रोगीले कोभिडलाई जितेका छन् । यसले कोभिडका विरुद्धको लडाईँमा एउटा सकारात्मक सन्देशको प्रवाह गरेको बताइएको छ

रोग प्रतिरोधात्मक क्षमता बढाउनदेखि उच्च रक्तचाप रोक्नसम्म बिहान खाली पेटमा खानुस् लसुन

  • १० जेठ, २०७७

काठमाडौं । हाम्रो भान्सामा दैनिक रुपमा लसुनको प्रयोग हुन्छ । तरकारीको स्वादर वास्ना बढाउनका लागि लसुन उपयोगी हुन्छ । यद्यपी लसुनको साइनो स्वादसँग