• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

कोरोना कहर : कचनकवलवासीलाई नआत्तिन गाउँपालिका प्रमुख आलमको आग्रह, समुदायमा फैलने खतरा कम 

झापा । चार दिनमा ३३ जना कोरोना संक्रमित फेला परेपछि झापाको कचनकवल गाउँपालिकामा उच्च सतर्कता अपनाईएको छ । कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले कोरोना संक्रमितको संखया बढेपनि समुदायमा फैलिने खतरा कम भएको भन्दै आम गाउँपालिकावासीलाई नआत्तिन आग्रह गरेका छन् । क्वारेन्टाइनमा बसेकाहरूमा मात्रै संक्रमण देखिएकाले समुदायमा फैलन सक्ने खतरा तुलनात्मक रूपमा कम रहेको अध्यक्ष आलले बताए ।

आलमले भने, “उनिहरु सबै क्वारेन्टाईनमा बसेका हुन् । अहिलेनै समुदायमा फैलिने कतरा अलि कमनै छ । त्यसैले आत्ती हाल्नुपर्ने अवस्था छैन तर संयमित बन्न आवस्यक छ ।” 

भारतबाट लुकीछुपी प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले पक्राउ गरेका उनीहरू सबै क्वारेन्टाइनमा थिए । भारतबाट आउनासाथ उनीहरुलाई सिधै क्वारेन्टाइनमा लगेर राखिएकाले समुदायमा भाईरसको संक्रमण फैलने सम्भावना न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जीवन चम्लागाईंले जानकारी गराएका छन् । 

गाउँपालिकामा ठुलो संख्या कोरोना भाईरस संक्रमित फेला परेपछि ५ दिनका लागि सिंगो गाउँपालिका सिल गरिएको छ । यस्तै गाउपालिका अध्यक्ष आलमा अनुसार भारतबाट आउन चाहनेहरूलाई तत्काल प्रवेशमा कडाइ गरिएको छ । गाउपालिकामा भारतबाट आएकाहरूलाई राख्न पथरिया मावि र लक्ष्मीप्रसाद देवकोटा माविमा दुइटा क्वारेन्टाइन बनाईएको भएपनि संक्रमित थपिएसँगै अझै दुईवटा क्वारेन्टाईन थप गरिएको अध्यक्ष आलमले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर