• शनिबार २-१७-२०७७/Saturday 05-30-2020/ 02:13 pm

मृतक शिक्षकका गाउँलेको रिपोर्ट नेगेटिभ

तम्घास । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकका गाउँले २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बुटबलमा कोरोना पुष्टि हुँदाको अर्को दिन जिल्ला स्वास्थ्य कार्यालयको टोलीले उक्त शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाएको थियो । 

स्वाब सङ्कलन भएकाहरुमा मृतकका परिवार, बैंकका कर्मचारी, स्थानीय क्लिनिक सञ्चालकलगायत थिए । तीमध्ये पाँच जनाको रिपोर्ट आउन बाँकी रहेको र २५ जनालाई कोरोना सङ्क्रमण नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । स्वास्थ्य कार्यालय तम्घासका ६ र मदानेका ३० गरी कुल ३६ को स्वाब पठाइएको थियो । त्यसमध्ये मदानेका पाँच र तम्घासका छ गरी अझै ११ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एटिएम फुटाउँदै गरेका व्यक्ति पक्राउ

  • १७ जेठ, २०७७

भक्तपुर ।  बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ नगदेश बस्ने २१

लकडाउनमै बन्यो कुश्मामा सार्वजनिक व्यायामस्थल

  • १७ जेठ, २०७७

पर्वत ।  पर्वतको कुश्मा नगरपालिकाले सार्वजनिक व्यायामशाला निर्माण गरेको छ । बजारको बाक्लो बस्ती र व्यस्त दैनिकीका कारण मानिसले व्यायाम गर्न सहज

सङ्क्रमितको पुनः कोरोना परिक्षण गरिँदै

  • १७ जेठ, २०७७

बैतडी ।  बैतडीका कोरोना सङ्क्रमितको पिसीआर परीक्षण पुनः गरिने भएको छ ।  जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय