जान्हवी कपुरको घरमा काम गर्ने दुई जनामा कोरोना पोजेटिभ

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट लाखौँ मानिसहरुको मृत्यु भइसकेको छ । यसैक्रममा बलिउड अभिनेत्री जान्हवी कपुरको घरमा काम गर्ने दुई जना व्यक्तिमा कोरोना संक्रमण भएको खबर सार्वजनिक भएको छ । 

केही दिन अगाडी बोनी कपुर बस्ने घरको एक युवकमा कोरोना पोजेटिभ देखिएको थियो । त्यो लगतै बोनी कपुरले आफ्नो घरमा काम गर्ने सबै जनाको कोरोना परिक्षण गराएका थिए । जसमा अर्को एक व्यक्तिमा पनि कोरोना पोजेटिभ पाइएको हो । 

भारतीय मिडियाले जनाए अनुसार बोनी कपुर लोखन्डवालको ग्रीन कम्प्लेक्समा रहेको घरमा बस्र्दै आएका थिए । साथै बोनी कपुर, जान्हवी कपुर र खुसी कपुरको रिपोर्ट भने नेगेभिट आएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर