• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

थप ९ जनामा देखियो कोरोना, संक्रमित संख्या ५ सय १६

काठमाडौं । थप ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित संख्या ५ सय १६ पुगेको छ । मकवानपुर, भक्तपुर, सप्तरी र बाराका ९ जनामा संक्रमण देखिको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा मकवानपुर (हेटौंडा ३) की ५४ वर्षिय महिला र भक्तपुर ९ की ४२ वर्षिय महिला रहेको उनले जानकारी दिएका छन् । त्यस्तै, वि।पी कोइराला स्वास्थ्य विज्ञान तथा प्रतिष्ठान धरानमा भएको परीक्षणमा सप्तरीका ३५ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ । 

त्यस्तै, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणका क्रमम बाराका २२, २७, ३४, ३८ र ४५ वर्षिय पुरुषमा संक्रमण देखिएको छ । 

उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको उनले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर