• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

रोग प्रतिरोधात्मक क्षमता बढाउनदेखि उच्च रक्तचाप रोक्नसम्म बिहान खाली पेटमा खानुस् लसुन

काठमाडौं । हाम्रो भान्सामा दैनिक रुपमा लसुनको प्रयोग हुन्छ । तरकारीको स्वादर वास्ना बढाउनका लागि लसुन उपयोगी हुन्छ । यद्यपी लसुनको साइनो स्वादसँग मात्र जोडिएको छैन । खाली पेट लसुन खानुको अरु थुप्रै फाइदा छन् ।

यदि हरेक दिन एक केस्रा लसुन मात्र सेवन गरियो भने त्यो निकै लाभदायक हुन्छ ।  त्यसको लागि बिहान खाली पेटमा सेवन गर्नुपर्छ ।

लसुनमा भिटामिन र मिनरल्सयुक्त पोषक पदार्थ भरपुर मात्रामा हुनछ । यसमा खासगरी भिटामिन बि १, बि ६, सी, म्यागजिन, क्याल्सियम र कपर पाइन्छ । दैनिक लसुन सेवन गर्दा दिनभरका लागि सरीर सुरक्षित रहन्छ । साथै इनर्जी पनि मिल्छ ।

कसरी खाने ?

संभव भएसम्म लसुन बिहानै खाली पेटमा काँचो खानु बढी प्रभावकारी हुन्छ । किनभने पकाइएको लसुनमा औषधिय गुण एकदमै कम हुन्छ । यसको प्राकृतिक एन्टिबायोटिक गुण प्राप्त गर्नका लागि खाली पेट सेवन गर्नुपर्छ ।

आर्युवेदमा लसुनलाई जवान रहने औषधी मानिन्छ । साथै यसले केहि रोग जस्तै पायल्स, कब्जियत, कानको दुखाई, उच्च रक्तचाप, अरुची मा यो उपयोगी हुन्छ । लसुन एक महत्वपूर्ण एन्टिवायोटिक पनि हो । खाली पेट लसुन खानुको के फाइदा छ त ?

कोलेस्टोर नियन्त्रण गर्न

कोलेस्टोर नियन्त्रणका लागि लसुन निकै प्रभावकारी मानिन्छ । बिहान खाली पेटमा लसुनको केस्रा सेवन गर्नुपर्छ ।

उच्च रक्तचाप नियन्त्रण

बिहान खाली पेटमा लसुन सेवन गर्दा रक्त प्रवाह नियमित हुन्छ । यसले हृदयसम्बन्धी समस्या हटाउँछ । लसुनले रक्त नलीलाई चौडा बनाइदिन्छ, त्यही कारण रक्त प्रवाह सजिलो हुन्छ । जसलाई उच्च रक्तचापको समस्या छ, उनीहरुले खाली पेट काँचो लसुन सेवन गर्नुपर्छ । यदि लसुनको स्वादमा रुची छैन भने लसुन सेवन गरिसकेपछि एक गिलास दुध सेवन गर्नुपर्छ । चिकित्सकको परामर्श अनुसार लसुनको सप्लिमेन्ट पनि लिन सकिन्छ ।

हृदयलाई स्वस्थ्य राख्न

हृदयलाई स्वस्थ्य राख्नका लागि लसुन एकदमै उपयोगी हुन्छ । यसले रक्त प्रवाहलाई सुचारु गराउँछ, कोलेस्टोर नियन्त्रण गर्न । यहि कारण हृदयरोगको भयबाट बचाउँछ । मुटुलाई स्वस्थ्य राख्नका लागि दिनहुँ दुई केस्रा काँचो लसुन पिसेर सेवन गरौ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन

लसुनमा भिटामिन सि, बि(६, म्यानिज र सेलेनियम हुन्छ । यी सबै तत्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । लसुनमा रहने एन्टिअक्सिडेन्ट र एन्टिमाइक्रोवियल गुणले शरीरमा रोग लाग्न दिदैन ।

एलर्जीसँग लड्न

लसुनमा रहेको एन्टिभाइरल र एन्टि इन्फ्लेमेटरी गुणले शरीरमा विभिन्न प्रकारका एलर्जीसँग लड्न मद्दत गर्छ । एलर्जीको कारण श्वास नली सुन्निने समस्यामा समेत लसुन उपयोगी मानिन्छ ।

पेट सम्बन्धी समस्यामा

पेट सम्बन्धी समस्या हटाउनका लागि लसुन उपयोगी हुन्छ । यसका साथै लसुनको सेवनले पेटमा रहेको विषाक्त पदार्थ सफा गर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर