• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

 काठमाडौं ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारसम्म हुरीबतास चल्ने पूर्वानुमान गरेको छ ।महाशाखाले सोमबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली  र पर्सी (सोमबार) सम्म नै हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार बंगाल खाडीबाट सक्रिय भएको अंपुन चक्रवात कमजोर भइ न्यून चापीय प्रणालीको रूपमा रहे पनि त्यसले पूर्वी भेगमा आंशिक प्रभाव पारेको छ ।आज दिउँसो देशका पश्चिमी पहाडी भू–भाग लगायत  मध्य तथा पूर्वी  भू–भागहरुमा सामान्य  बदली र बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

मौसममा बदलाव आउदा मध्य तथा पूर्वी भू–भागका केहि स्थानहरु र पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङरहावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर