कर्णालीमा संंक्रमित संख्या ४ पुग्यो, आजमात्रै ३ जनामा देखियो संक्रमण

सुर्खेत । कर्णालीमा कोरोना भाइरस संक्रमितको संख्या ४ पुगेको छ । आजमात्रै ३ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ४ पुगेको हो । 

कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबईमा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएका मध्ये ४ जनामा संक्रमण देखिएको कर्णाली प्रदेश अस्पतालका डा. डम्बर खड्काले जानकारी दिए । 

कर्णालीमा पहिलो कोरोना संक्रमित दैलेखमा फेला परेका थिए ।  बिहीबार भारतबाट आएका कर्णालीका १६ सय नागरिक मध्ये बबईमा सात सय ४० जनाको आरडीटी गरिएको थियो ।

आरडीटीमा १५ जनाको पोजेटिभ देखिएको थियो ।

पीसीआरमा पोजेटिभ देखिएका ४ जनालाई नै आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

कोरोना संक्रमण देखिएकाको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर