• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

अरुणधती रोय : जसले पृथ्वीलाई खराबीबाट बचाउन लेख्छिन्

जब स्वतन्त्र भारतको निर्माण गरिंदै थियो, अम्बेडकरले एक समानताको लडाई लडे, जो हिन्दू जातिको स्तरीकृत प्रणालीसँग असंगत थियो । जसलाई गान्धीले बचाउ गरेका थिए । तर यी दुई व्यक्ति बीचको बहसको एक लामो अन्तरालपछि पनि उनी प्रश्न गर्छिन्, आजको बारेमा के छ ? के जातिवादलाई मेटाउन सकिन्छ ? 

अरुणधती रोयसँग भारतीय सञ्चारमाध्यम तथा राजनीतिक उच्च वर्गलाई चिढ्याउने खुबी छ । सायद त्यसैले पनि आज भारत वा विश्वमा कहीँ पनि यस्ता लेखक छैनन्, जसले त्यस्तो प्रकारको सुन्दर, तीक्ष्ण गद्यका साथ पृथ्वीको दुरात्माको रक्षाका लागि रोयले जसरी लेख्छिन् । रोयको सन् २०१९ मा प्रकाशित ‘माई सेडियस हार्ट’को ‘ज्याकोबियन’ पत्रिकाका लागि जोएल व्हाट्नीको यो एउटा समीक्षा हो ।

भारतीय राजनीतिमा अरुणधती रोयले सावधानिपूर्वक भारतको अस्थिर विकासको दुई दशक लामो विच्छेदन, वैश्विक साम्राज्य बन्ने संयुक्त राज्य अमेरिकाको लक्ष्यका साथसाथै, भारतको स्लामोफोबिक हिन्दू राष्ट्रवाद तथा जातीय हिंसालाई यथार्थ रुपले प्रमाणित गरेकी छिन् । 

भारतमा गत डिसेम्बरमा जब मुस्लिमलाई नागरिकता प्राप्त गर्नबाट वञ्चित गर्ने कानुन पारित गरियो, लेखक रोयका निबन्धका पठाकहरुले एक रुपरेखा पाए, जसको भित्र यी विकासहरुलाई राखियो । मध्य जाडोतिर राजधानीका सडकहरुमा मुसलमानलाई पिटिने र लादिँदै थियो । तर यो खाली आश्चार्यचकित पार्ने खालको थियो, अभुतपूर्व थिएन र उनका निबन्धका पाठकहरुले सन् २००२ मा गुजरातमा ठूलो संख्यामा हत्याहरुका बारेमा उनको चेतावनीलाई सम्झिए । एक सुरुवाती झिल्काको बिन्दु जसलाई उनी एक समकालीन नरसंहारको रुपमा स्पष्ट रुपले वर्णन गर्छिन् ।

रोय दुई सांगीतिक तथा सुन्दर जटिल उपन्यासका लागि चिनिन्छिन् । सन् २०१७ मा ‘मिनिस्ट्री या अटमस्ट ह्याप्पिनेस’का लागि ‘बुकर पुरस्कार’ दिइयो । २० वर्षअघि उनको पहिलो उपन्यास ‘द गड अफ स्मल थिङ्ग्स’ले पनि यही पुरस्कार जितेको थियो । गत समरमा उनको ‘माई सेडिअस हार्ट’ नामक ८ सय पृष्ठको निबन्ध प्रकाशित भयो । ५९ वर्षीया लेखक रोयका यी तीन वटा पुस्तक एक ठूलो साहित्यिक उपलब्धिमा जोडिएका छन् । 

रोयको शक्तिलाई दर्शाउने उनका निबन्धका शिर्षकहरुले राज्यका अधिकारीहरु तथा उनीहरुका मिडिया सहयोगीहरुलाई उत्तेजित बनाउँछ । उनको पहिलो उपन्यास प्रकाशित भएदेखि नै उनीमाथि विभिन्न आरोप लगाउँदै थप्पड हान्नेसम्म सम्भावना देखाउँछन् र उनको घरबाहिर शिविर खडा गरेर उनको ‘देश–विरोधी’ विश्वासघात धारणाभन्दै भाषण गर्छन् । जब उनी दोश्रो उपन्यासका लागि काम गरिरहेकी थिइन्, उनले उप–महाद्वीपबाट पलायन हुनुपर्ने महशुस गरिन् । उनको ‘द मिनिस्ट्री अफ अटमोस्ट ह्याप्पिनेस’ उपन्यास निपूर्ण र जटिल छ । उनको उपन्यासमा देखिने संगीतमय हाँस्यले उनको निबन्धहरुको शोभा बढाउँछ । ताकि भारत र अमेरिकामा अमानवीय, पितृसतात्मक नीतिहरुका लागि उनको तिरस्कारलाई भाषामा गहिरो गरी महशुस गरिएको प्रेम, एक व्यंगात्मक आँखा झिम्क्याईद्वारा विस्तारमा ब्याख्या गरिएको छ । त्यससँगै श्रमिक वर्गको एकता, जंगली जनावरप्रति स्नेह र प्राकृतिक विश्वप्रतिको प्रेमलाई प्रदर्शन गर्छ । 
उनको व्याकुलताले मुख्य बाँध परियोजनाहरुको हिंसा, विश्वको परमाणु शक्तिहरुमा भारतको संलग्नता र काश्मिरमाथि भारतको अत्याचारपूर्ण नीतिहरुको माध्यमबाट पाठकलाई मार्गदर्शन गर्छ । 

आधुनिक भारतको महाशक्ति कथनमाथि दशका उदारवादीहरु प्रश्न उठाउन सक्नु कति खराब बन्न सक्ने एक चिन्ता भनेको एक विरोधाभासी किस्सा हो । ‘आधुनिक भारतको इतिहास हेर्दा मलाई लाग्छ हामी यस चरणबाट गुज्रिनु पर्यो,’ उनले एक अन्तरवार्तामा प्रधानमन्त्री नरेन्द्र मोदीको शासनका बारेमा भनिन्– ‘मलाई आशा छ, यसबाट बाहिर निक्लिंदा हामी उच्च मूल्य चुकाउँदैनौँ ।’
.......
कल्पनाको सुरुवातः
अरुणधती रोयको निबन्ध लेखनको  दुई दशक अघिबाट सुरुवात भएको थियो, जब पहिलो पटक आफ्नो फिक्सनमार्फत् अन्तराष्ट्रिय दृश्यमा छाएकी थिइन् । त्यस समय भारत विश्वव्यापी प्रमुखताको स्थान लिइरहेको थियो । ‘मेरो लागि व्यक्तिगत रुपले यो एक प्रकारको अनौठो चिन्ता थियो,’ उनी लेख्छिन्– ‘जब मैले महान नाटकहरुलाई देंखे, मेरा आफ्नै भाग्य जादुद्वारा छोइएको थियो ।’

उनको पहिलो उपन्यास ‘द गड अफ स्मल थिङ्ग्स’को सफलतासँगै भन्छिन्– ‘म ती मानिसको लाइनको अग्रपंक्तिमा थिए जसले आत्मविश्वासले भरिएर नयाँ बजार अनुकूल भारतले आफ्नो उच्च स्थानमा आफ्नो स्थान बनाइरहेको थियो । यो एक प्रकारले चाप्लुसी थियो, तर गहिराईमा चिन्तित बनाउने खालको पनि थियो । एकातिर मानिसहरुलाई दरिद्रतामा धकेलिंदै गरेको देंखे, अर्कोतिर मेरो किताबको लाखौं प्रतिलिपि बिक्रि भइरहेको थियो । मेरो बैंक अकाउन्ट भरिंदै थियो । पैसा त्यो मात्राले मलाई भ्रमित बनाउँछ । यस्ता समयमा लेखक हुनुको अर्थ के थियो ?’

उनले विकसित परमाणु हतियार जस्ता नयाँ भारतको आलोचना गर्नका लागि आफ्नो नयाँ ‘प्लाटफर्म’ लागू गरिन् । उनले आफूले पाएको ज्ञानमा एक खतरा देखिन् जसमा परमाणु हतियारहरुलाई आधुनिकीकरण, समृद्धिको रुपमा हेरिनु थियो । उनका लागि अस्थायी, क्षेत्रीय विवाद(सामान्यतया काश्मिरलाई लिएर पाकिस्तानसँग)को प्रतिक्रिया स्वरुप सबै निर्माणलाई नष्ट गर्ने यी खतरा ‘दि इन्ड अफ इम्याजिनेशन’(कल्पानाको अन्त्य) पुस्तक समान थियो, यो उनको पहिलो निबन्ध शिर्षक हो ।

‘एक स्तरमा परमाणु हतियारहरुका बारेमा केही पनि नयाँ वा मुल भन्न नसकिएकोले पनि यस्तो थियो । एक उपन्यासकारका लागि कुनै पनि मुद्दालाई पुनः व्याख्या गर्नुभन्दा त्यसै छोड्नु, योभन्दा ठूलो अपमान केही हुन सक्तैन, जसलाई पहिले नै, एक वर्षभन्दा बढी, विश्वको अन्य भागमा अन्य मानिसद्वारा बनाइसकिएको छ ।’ रोय जस्तै यी दुबै कोशेढुंगाको आगमनले नै परमाणु–विरोधी शक्ति तथा हतियार आन्दोलनको जन्म एक साथ भएको थियो, यसले नै विश्व शान्ति र गुटनरिपैष आन्दोलनहरुको तत्वहरुलाई प्वाल पार्यो । 

सन् १९४६ मा प्रकाशित जोन हर्सीको पुस्तक ‘हिरोशिमा’ जस्ता पुस्तकको माध्यमबाट यस्ता तर्कहरु गरियो । यस पुस्तकमा राष्ट्रपति ह्यारी एसको विनाशकारी प्रभावलाई देखाइएको छ । नर्स, डाक्टर, लेखक र शिक्षकमाथि बमको संख्या र जापानी नागरिकमाथि परमाणु बम खसाउने ट्रम्यानको निर्णय । यी विषयमा समावेश गरिएको पुस्ताकहरु बेलारुसी लेखक तथा फिचर नोबेल पुरस्कार विजेता स्भेटलाना एलेक्सभीचको ‘१९९७ भोइस फ्रम चेर्नोबाइल’ र लेखक रोयका लागि महत्वपूर्ण वैज्ञानिक कार्ल सगनको ‘न्युक्लियर विन्टर’ बने ।

सन् १९८० दशकको ‘न्युक्लियर विन्टर’बाट एक पृष्ठ लिंदै रोय भारतको हातबाट जे खसेको थियो त्यसको विस्तृत तस्विर प्रस्तुत गर्छिन् । यदि हतियारको उपयोग गरिएको भएः–

हाम्रा शहर र जंगल, हाम्रा खेत र गाउँहरु धेरै दिनसम्म जल्नेछन् । वायु अग्निमा परिणत हुनेछ । हावाले आगोको ज्वालाहरुलाई फैलाउनेछ । जब त्यहाँ सबैकुरा जलाइन्छ र आगो मर्छ, धुवा उठ्नेछ र सूर्यलाई छेक्नेछ । पृथ्वी अन्धकार हुनेछ । त्यसपछि कुनै दिनहरु हुने छैनन् । केवल अनन्तः रात । तापक्रम अत्याधिक तल झरेर कक्रिएर ‘न्युक्लियर विन्टर’(परमाणु हिउँद)मा स्थापित हुनेछ ।

उनी कहिलेकाही भारतको परमाणु विजयीवादको एक यौनिक घटक पाउँछिन् । दक्षिणपन्थी शिव सेनाका एक राजनीतिज्ञले उक्त परीक्षणहरुपछि भारतीय ‘अब नपुंसक नरहेको’ घोषणा गरे । राय लेख्छिन्– ‘यो भन्न प्रायः गाह्रो हुनसक्छ जब मानिसहरु ‘परीक्षणहरुको बाजा बजाउँछन्’ भियाग्रालाई प्रतिबिम्बित गररहेका हुन्थे ।’

दक्षिणपन्थी शिव सेनाका एक राजनीतिज्ञले उक्त परीक्षणहरुपछि भारतीय ‘अब नपुंसक नरहेको’ घोषणा गरे । राय लेख्छिन्– ‘यो भन्न प्रायः गाह्रो हुनसक्छ जब मानिसहरु ‘परीक्षणहरुको बाजा बजाउँछन्’ भियाग्रालाई प्रतिबिम्बित गररहेका हुन्थे ।’

तर उनको तर्क छ कि जब विजयी कल्पनाहरुको कुरा आउँछ, ‘मुद्दा यो हो कि एक परमाणु बम हुनुले यो सम्भव हुनसक्ने विचार उत्पन्न गराउँछ । यसले यस्ता विचारधारलाई उत्पन्न गराउँछ ।’

यदि परमाणु बम हुनु विरुद्ध विरोध मेरो मस्तिष्कमा हुनु भनेको ‘हिन्दू–विरोधी’ र ‘राष्ट्र–विरोधी’ हुनु हो, भने म फरक हुँ । म आफूले आफैंलाई एक स्वतन्त्र, गतिशिल गणराज्यको रुपमा घोषित गर्छु । म पृथ्वीको नागरिक हुँ । मेरो आफ्नै कुनै क्षेत्र छैन । मेरो कुनै झण्डा छैन । म महिला हुँ, तर मलाई नपुंसकविरुद्ध केही छैन । मेरा नीतिहरु साधारण छन् । म कुनै पनि परमाणु अप्रचार सन्धि वा परमाणु परीक्षण–प्रतिबन्धमा हस्ताक्षर गर्न इच्छुक छु । आप्रवासीहरुलाई स्वागत छ । तपाईं हाम्रो झण्डा डिजाइन गर्न सहयोग गर्नुहोस् । मेरो विश्व मृत बनेको छ । र म यसको निधनको शोकमा लेख्छु ।
.......
प्रविधि–विरोधीः
लेखक रोय भारतको जल विद्युतीय बाँधप्रति पनि उत्तिकै क्रुर र कल्पानाशी छिन् ।  डन मेलिल्लोका ठूला किताब र जल निकासी र सिंचाईका रिपोर्ट तथा बाँधका बारेमा जर्नल, किताब तथा डकुमेन्ट्रीहरुको अध्ययन गरी केका लागि र के गर्छ भनी अध्ययन गरिन् । 

यस्ता अभियन्ता जो आफ्नो मूल क्षेत्रमा बाँध निर्माणको विरोध गर्छन्, जसमा धेरैजसो कथित तल्लो जाति, बहिष्कृत वा आदिवासी हुन्छन्, उनीहरु बाँधलाई जीवन वा मृत्युको मुद्दाको रुपमा हेर्छन् । उनलाई खाली मताधिकार वा सुविधाबाट बञ्चित गराउनुसँग मात्रै चिन्तित छैनन्, जो पहिलेदेखि नै निक्कै खराब छ । विशेषगरी उनलाई जब थाहा हुन्छ कि भारतमा बाँधले आशा मात्रै जगाउँछ, काम दिंदैन । 

सन् १९९९ मा प्रकाशित उनको पहिलो निबन्धमा भारतसँग ३६ सय ‘ठूला बाँध’ रहेको र ३३ सय वटा भारत स्वतन्त्र भएपछि बाँधिएका थिए, त्यसपछि करिब एक हजारबढी निर्माणका क्रममा छन् । ‘फेरि पनि हाम्रो जनसंख्याको एक–पाँचौ संख्या, करिब २० करोड मानिस, सफा खानेपानीको अभावमा छन् भने ६० करोड जनता सरसफाईको अभावमा छन्,’ उनी लेख्छिन्– ‘बाँध भनेको जल, भूमि तथा सिंचाईलाई गरीबबाट टाढा बनाउने र धनाढ्यलाई सुम्पिने एक निर्लज साधन हो । पर्यावरणीय रुपले पनि यो ‘डगहाउस’ हुन् ।’

बाँधले पृथ्वीलाई नष्ट पार्ने, रोग फैलाउने, बाढी निम्त्याउने र ठूलो बाँधहरु भूकम्पसँग पनि जोडिने उनले तथ्य प्रस्तुत गर्छिन् । त्यसैले यसलाई विकासनको नाममा तेश्रो विश्वमा भित्र्याइएको बताउँछिन्

बाँधले पृथ्वीलाई नष्ट पार्ने, रोग फैलाउने, बाढी निम्त्याउने र ठूलो बाँधहरु भूकम्पसँग पनि जोडिने उनले तथ्य प्रस्तुत गर्छिन् । त्यसैले यसलाई विकासनको नाममा तेश्रो विश्वमा भित्र्याइएको बताउँछिन् । उनी भारतको बाँध बाध्ने लतमाथि ब्यङ्ग्य गर्दै लेख्छिन्, ‘सबैभन्दा ठूलो समस्या भनेको भारत सरकारले आफ्ना ३६ सय बढी बाँधमध्ये कुनै एक परियोजनापछि के हासिल गर्नका लागि बनाइयो वा हासिल गरिएन भनी मूल्याङकन गरेन । भारतको पश्चिममा, नभागम नजिक गुजरात सरदार सरोभर बाँध परियोजनाहरु उत्पादन गर्नुभन्दा बढी बिद्य्त खपत गरेर समाप्त हुनेछन् ।’

यी बाँध बाध्नका लागि कति मानिसले आफ्नो थातथलो छोड्नु पर्यो वा छोड्नु पर्नेछ भन्ने कुराको रोय मुल्यांकन गर्छिन् । भारतको इन्स्टिट्युट अफ् पब्लिक एडमिनिस्ट्रसनद्वारा प्रकाशित एक आंकडामा उनी गणाना गर्छिन् । जसमा ३ करोड ३० लाख मानिस विस्थापित भएको देखिन्छ । यद्यपि, एक योजना आयोगको सचिवको आंकडाअनुसार, सम्पूर्ण विकासका परियोजनाका क्रममा ५ करोडभन्दा बढी मानिस विस्थापित भएका थिए । यसमा धेरैजसो भारतका आदिवासी विस्थापित छन्, र यसको अर्थ हुन्छ भारतका सबैभन्दा गरीबहरु धनाढ्यहरुको जीवनशैलीलाई घुस दिइरहेका छन् । तस्विर स्पष्ट छः धनाढ्यको संसारमा यी विकास परियोजनामा भारतको लगानीले वास्तवमै भ्रष्टाचारसँग विवाह रहेको छ ।
......... 
निजीकरण र पश्चिमः
यी बदलिंदो भूमिकाहरुका बाहेक रोयको काम कुलनी वर्गको बैंक नेतृत्वकर्ताहरुमा के भइरहेको छ र गरीबको खानाको मेचबीच विपरित् क्षेहरुले भरिएको छ । उनको शैलीमा आर्थिक नीजिकरणको परिभाषा यी प्रारम्भिक स्व–चित्रमध्ये एक देखिन्छ ।

एक लेखकको रुपमा जो आफ्नो जिन्दगी भाषाको मुटुको भ्रमणमा बिताउँछ, भाषा र विचारबीच दुरी समाप्त गर्न नसके पनि कम गर्ने प्रयास गर्छ । तर राज्य र निगमहरुका लागि भाषाको पुरा उद्देश्य भनेको उद्देश्यलाई छोप्नु हो । जस्तो कि पहिलो विश्व र बुहराष्ट्रिय निगमहरु विकासोन्मूख विश्वमा भद्रगोल निजीकरणको कारण बने । 

रोयको सुरुवाति काम पर्यावरणीय आन्दोलनहरुको काँधमा उभिएको थियो र उनले प्रकृति मन्त्रलाई ‘बिनिमय’को रुपमा प्रस्तुत गर्छिन् । ‘निजीकरण भनेको राज्यबाट निजी कम्पनीलाई सार्वजनिक उत्पादक पूँजीको हस्तान्तरण हो । उत्पादक पूँजी भनेको प्राकृतिक संशाधन हुन्,’ उनी उल्लेख गर्छिन् । 

पृथ्वी, जंगल, पानी, वायु यी यस्ता पुँजी हुन्, जो राज्यले सम्बन्धित प्रतिनिधिहरुका लागि विश्वासमा राख्दछ । भारत जस्तो देशमा, ७० प्रतिशतभन्दा बढी जनसंख्या ग्रामीण क्षेत्रमा रहन्छन् । अर्थात् ७० करोड जनसंख्या । उनीहरुको जीवन प्रत्यक्ष रुपले प्राकृतिक संसाधनमा निर्भर रहन्छ । यिनीहरुलाई छोस्नु र निजी कम्पनीहरुलाई स्टकको रुपमा बेच्नु भनेको इतिहासमै नभएको जंगली प्रवृत्तिको कब्जा गर्ने प्रक्रिया हो । 

तर्क ‘ब्युरोक्र्याट’को अदक्षताको स्विकारोक्तिबाट सुरु हुन्छ, निजीकरणको औचित्यलाई स्विकारोक्तिबाट स्वाभाविक रुपले पालना गरिनेछ । ‘यस अस्वस्थताको समाधान, हामीलाई थाहा छ, भनेको हाउसकिपिङ कोशलमा सुधार गर्नु होइन, हाम्रा नोक्सानलाई कमी गर्न होइन, राज्यलाई अझ बढी जवाफदेही बन्न बाध्य बनाउनु होइन, बरु यसको जिम्मेवारीलाई पूर्ण रुपले स्विकार गर्ने र विद्युतको क्षेत्रलाई निजीकरण गर्नु हो । त्यसपछि जादु हुनेछ । यसको एक स्थानीय उदाहरण ‘एन्रोन स्क्याडल’ हो ।
......
मुसलमानविरुद्ध भारतको नरसंहारः
यस प्रकारका घटनाक्रमका बीच एक डच फिल्म निर्माताले एक पटक अरुणधति रोयसँग सोधे– ‘भारतले विश्वलाई के सिकाउँन सक्छ ?’ फिल्म निर्मातालाई फासीवादी प्रशिक्षण शिवर(राष्ट्रिय स्वयमसेवक संघ)तर्फ मार्गदर्शन दिंदै उनले एउटा व्यंग्यात्मक पाठको अफर गरिन्, जहाँ आम मानिस काकी सर्टमा अन्य चार मार्च गर्छन् र परमाणु हतियार, धार्मिक कट्टरता, भ्रम, होमोफोबिया, किताब जलाउन सिक्छन् र एकमुष्ट घृणा एक राष्ट्रको गुमेको गरिमालाई पुनः प्राप्त गर्ने तरिका हुन् ।

यो अरुणधती रोयको काममा बारम्बार दोहोरिने एक पाटो होः भारतको फासीवादको प्रारम्भिक ढाँचालाई हेर्नका लागि भारतीय र विश्वलाई मद्दत गर्नु र प्रधानमन्त्री नरेन्द्र मोदीमा यसको सबैभन्दा ठूलो दूतविरुद्ध चेतावनी दिनु । 

रोय प्रायः सम्झना गराउँछिन् कि  विश्व दोस्रो विश्वयुद्धका दौरान आरएसएसका नेताले सार्वजनिक रुपमै एडल्फ हिटलर र बेनिटो मुसोलिनीको प्रशंसा गरेका थिए । भारतीय राष्ट्रिय कांग्रेस पार्टी र मोदीको भारतीय जनाता पार्टी दुबैका नेताहरु यसका स्वयमसेवक, भातृ संगठनका सदस्य हुन्, जसका देशभर लाखौं सदस्य छन् । उनीहरुको काम राष्ट्रवादको बाटो हुँदै फासीवादतर्फ झुक्छ । उनी आफ्नो निबन्ध ‘लिसनिङ टु ग्रासहोपर’मा भारतका मुसलमानहरुका लागि रिपोर्ट गर्छिन् ।

सन् २००२ मा गुजरात राज्यमा मुस्लिम समुदायविरुद्ध नरसंहार भएको थियो । मैले नरसंहारको शब्दको प्रयोग सल्लाहले नै गर्छु...एक नसुल्झिएको अपराधका लागि एक सामूहिक दण्डको रुपमा नरसंहारको सुरुवात भएको थियो । एक रेल्वे कोचमा आगलागी, जसमा ५३ हिन्दू तीर्थयात्रीहरुको जलेर मृत्यु भयो । कथित रुपले प्रतिशोधको सावधानीपूर्वक योजनाबद्ध ताण्डवमा दुई हजार मुसलमानको हत्या गरियो, जो फासीवादी बलद्वारा आयोजित गरिएको र गुजरात सरकार तथा प्रशासनद्वारा समर्थित थियो । मुस्लिम महिलाहरुलाई सामूहिक बलात्कार गरियो र जिउँदै जलाइयो । मुस्लिम पसलहरु, मुस्लिम व्यापार तथा मुस्लिम धर्मस्थल र मस्जिदहरुलाई व्यवस्थित रुपले नष्ट गरियो । दुई हजार जनाभन्दा बढी मारिए र एक लाख बढीलाई उनीहरुको घरबाट लखेटियो ।

जस्तो कि उनी मुख्य अपराधीहरुमध्ये एकलाई नरसंहरको नर्लज्ज ‘डुंगा चालक’ भन्छिन् । मोदी, जो प्रधानमन्त्रीको रुपमा आफ्नो दोश्रो कार्यकालमा छन्, उनको नैतिक तथा तुलनात्मक तर्कको दायरा व्यापक र सावधानीपूर्वक छन् । हो, सन् २००२ को गुजरात नरसंहार अन्य वैश्विक नरसंहारको तुलनामा सानो थियो । यो यतिसम्म सानो थियो कि कांग्रेस पार्टीद्वारा एक अत्याचार, जो इन्दिरा गान्धीको हत्यापछि तीन हजार सीख धर्मावलम्बीको हत्या गरियो । 

२००२ को गुजरात नरसंहार अन्य वैश्विक नरसंहारको तुलनामा सानो थियो । यो यतिसम्म सानो थियो कि कांग्रेस पार्टीद्वारा एक अत्याचार, जो इन्दिरा गान्धीको हत्यापछि तीन हजार सीख धर्मावलम्बीको हत्या गरियो । 

फेरि पनि यसलाई बेवास्ता गरिंदैन, किनकि पहिलो, यसलाई थुप्रै चुनाव जित्न प्रयोग गरिएको थियो । रोय लेख्छिन्– ‘मोदी एक लोक नायक बनेका थिए, जसलाई भारतीय जनता पार्टीले अन्य भारतीय राज्यमा आफ्नो तर्फबाट प्रचार गर्नका लागि बोलाएका थिए ।’ दोश्रो, कनकि यो एक ठूलो, अत्यन्तै विस्तृत तथा व्यवस्थित भिजनको एउटा हिस्सा थियो । भारतको ‘फासीवादी गणित’ चुनवी फाइदाको खोजमा विकसित भयो ।

भारतले एक ठूलो आर्थिक आधारको प्रतिनिधित्व गर्छ र यस्ता क्रुरताका लागि निन्दा गर्नुभन्दा यसका लागि प्रेरित गरिन्छ । राजनीतिक रुपले डोनाल्ड ट्रम्प मोदीसँग सहवास गर्छन्, यहाँसम्म कि टेक्सासमा आयोजना गरिएको ‘हाउडी मोदी’मा पनि देखियो । तर बाराक ओबामाले पनि यसै गरेका थिए, जसले यस फासीवादी गणितलाई रणनीतिक मित्रको माध्यमबाट सामान्य बनाए र संरक्षण गरे । यी दुबै तथ्यहरुलाई हेर्दा भारतको महत्वले मोदीको बर्बरताको निन्दा गर्ने आवश्कतालाई खारेज गर्छ । र भारतीय सञ्चारमाध्यमहरु पनि फासीवादी गणितमा लागेका छन्, जस्तो मोदीले भारतीय मुद्राको बिमुद्रिकरण गरेपछि उनको उच्च अनुमोदन रेटिङ देखियो । 

भारतीय सञ्चारमाध्यमहरु पनि फासीवादी गणितमा लागेका छन्, जस्तो मोदीले भारतीय मुद्राको बिमुद्रिकरण गरेपछि उनको उच्च अनुमोदन रेटिङ देखियो । 

गत डिसेम्बरमा जब भारतले लाखौं मुस्लिमबाट नागरिकता खोस्नका लागि आफ्नो कानुनलाई संशोधन गर्यो, थुप्रैले विरोध गरे । मुस्लिमविरुद्ध दशककै सबैभन्दा खराब शैलीको विरोध देखियो । उत्तरपूर्वी दिल्लीमा गत फेब्रुअरीमा छिमेकी मुसलमानमाथि बारम्बार आक्रमणकारीले पिछा गर्दै पिटे, हिंसा गरे, ५० भन्दा बढीलाई गोली हाने, उनीहरको गुप्तांग काटिए र आगो लगाइए ।
......
उनको मनमा ‘उडबोरर’:
अमेरिकी भाषाविद् नोअम चोम्स्कीको ‘फर रिजन अफ स्टेट’को सन् २००३ को संस्कारको परिचयको माध्यमबाट रोयबाट उनी किन अपरिहार्य छिन् भन्ने सिक्न सक्छौं । उनी यसरी सुरु गर्छिन्– ‘दक्षिण भारतको केरलामा जन्मिएर हुर्किएको एक बच्चा– जहाँ विश्वको पहिलो सन् १९५९ मा लोकतानित्रक ढंगले चुनिएको कम्युनिष्ट सरकार सत्तामा आएको थियो, म त्यही वर्ष जन्मिएकी हुँ– म एक ‘गोक’(विदेशी) बन्नुपर्ने अवस्थालाई लिएर चिन्तित थिएँ ।’ ‘पत्र–पत्र’ उनी लेख्छिन्– ‘चोम्स्कीले अमेरिकी सरकारका अधिकारीद्वारा निर्णय लिइने प्रक्रियालाई समाप्त गरे । उनले अमेरिकी युद्ध उपकरणको निर्दयी हृदय, युद्धको वास्तविकताहरुबाट अछुत, विचारधाराबाट अन्धो, र लाखौं मनुष्य, नागरिक, सैनिक, महिला, बालबालिका, गाउँ, शहर पुरै पर्यावरणीय तन्त्रलाई मेटाउने इच्छालाई क्रुरताको वैज्ञानिक सम्मानकासाथ देखाउँछन् ।’

उनी चोम्स्कीले जे कुराले हामीलाई हर्षित बनाउँछ त्यसलाई पकड्छिन् । जसले रोय कति अपरिहार्य छिन् भन्ने बर्णन गर्छ । उनका सुरुवाती निबन्धहरुमा एक उग्र जिज्ञासाका विषेशता पाइन्छन्, जो सूचना प्रविधिको उपकरण हाँसिलका बारेमा छ । उनी तथ्य तथा तथ्यांकको जाँच र पीडितको अन्तरवार्ता लिन्छिन् । उनको सुरुवाती निबन्धमा उनको लेखन ‘थ्रिलिङ’ छ, उनी हाँस्यपूर्ण र बहादुरीको विस्फोटका साथ एक खण्डनकारी शैलीमा लेख्छिन् ।
.....
डाक्टर र सन्तः
हिन्दू जातिको समस्यामाथि उनको सबैभन्दा महत्वकांक्षी निबन्धको सुरुवातमा रोय सुरेखा भोटमान्जको भयानक बलात्कार हत्यालाई सम्झना गर्छिन् । समस्याको अदृश्यतालाई देखाउँन लेक रोयले सन् २००६ मा भारतमा एक कथित अछुत अथवा दलित भोटमान्ज र सन् २०१२ मा पाकिस्तानी युवती मलाला युसफजाईमाथि मिडियाले गरेको व्यवहारलाई तुलना गर्छिन् । 

जब पाकिस्तानमा मलालालाई टाउँको गोली हानियो र उनी चामत्कारिक रुपले बँचिन् र उनलाई ‘म मलाला’ नाराको माध्यमबाट महिला शिक्षाका लागि एक विश्वव्यापी प्रतिक बनाइयो । यो नारालाई रुढीवादी शासनलाई चुनौती दिनेका रुपमा मानिन्छ, तर अमेरिकाको आतंक, यसका भिडियो र एनजिओका तथाकथित युद्धको सन्दर्भमा व्यापार गरियो । 

लेखक रोय मलालाको चित्रणमा निष्पक्ष छिन्, तर मलालाप्रति उनको भावनालाई युद्धका लागि एक प्रोपागान्डा अभियानको रुपमा प्रयोग गरिनुले एक वाक्यांशको उत्पति गराउँछः ‘पाकिस्तानमा नारीमाथि अत्याचार गर्ने र इस्लामिक आतंकवादीलाई भगाउन अमेरिकाको नारीवादी मिसनसँगै ड्रोन आक्रमण जारी रहन्छ ।’

‘पाकिस्तानमा नारीमाथि अत्याचार गर्ने र इस्लामिक आतंकवादीलाई भगाउन अमेरिकाको नारीवादी मिसनसँगै ड्रोन आक्रमण जारी रहन्छ ।’

भारतकी एक ४० वर्षीया दलित महिला भोटमान्ज, उनका श्रीमान भन्दा शिक्षित थिइन्, उनी परिवारको मुखिया थिइन् र उनका बालबच्चा पनि शिक्षित थिए । उनले जाति–मुक्त बौद्ध धर्मका लागि हिन्दू अछुत परम्परालाई छोडिन्, तर उच्च जात भनिने हिन्दूहरु उनलाई आफ्नै खेतमा बाली लगाउन र सिंचाईका कामका लागि अवरोध बने । उनका आफन्तले उनलाई आक्रमण गरे, छिमेकीहरुले विद्युत रोकिदिए । 

जब उनी भिड्न खोजिन्, आफन्तलाई कुटेको भन्दै उनलाई पक्राउ गर्न माग गरियो, ७० गाउँका एक भिजिलान्ते समूह ट्याक्टरमा पुगे । उनी छोरी र उनलाई बलात्कारपछि हत्या गरे र उनको छोराको पनि हत्या गरे । अन्य दलितलाई जस्तै उनलाई न्याय दिइएन । 

‘सुरेखा भटमान्ज र उनका छोराछोरी एक बजार अनुकूल लोकतन्मा बस्थे,’ रोय लेख्छिन्– ‘यहाँ संयुक्त राष्ट्रसंघबाट भारत सरकारका लागि ‘म सुरेखा’ भन्ने आवाज उठेन ।’ भोटमान्जको कहानी विचित्र वा नयाँ थिइन, जस्तो कि लेखक रोय भारतको राष्ट्रिय अपराध अभिलेख ब्युरोलाई उधृत गर्छिन्, जसमा भनिएको छ– ‘एक गैर–दलितद्वारा एक दलितविरुद्ध प्रत्येक १६ मिनेटमा एक अपराध गरिन्छ ।’

रोय भारतको राष्ट्रिय अपराध अभिलेख ब्युरोलाई उधृत गर्छिन्, जसमा भनिएको छ– ‘एक गैर–दलितद्वारा एक दलितविरुद्ध प्रत्येक १६ मिनेटमा एक अपराध गरिन्छ ।’

जब स्वतन्त्र भारतको निर्माण गरिंदै थियो, अम्बेडकरले एक समानताको लडाई लडे, जो हिन्दू जातिको स्तरीकृत प्रणालीसँग असंगत थियो । जसलाई गान्धीले बचाउ गरेका थिए । तर यी दुई व्यक्ति बीचको बहसको एक लामो अन्तरालपछि पनि उनी प्रश्न गर्छिन्, आजको बारेमा के छ ? के जातिवादलाई मेटाउन सकिन्छ ? 

भारतमा तल्लो वर्गका मानिस मात्रै पीडित छैनन् । रोय आफ्नो निबन्ध ‘वाकिङ विद कमरेड्स’मा उनी भारतको माओवादी सशस्त्र प्रतिरोधलाई सहभागी गराएकी छिन् । उनी लेख्छिन्– ‘एकातिर धन, गोलाबारी, मिडिया र एकमाथि उठ्दो महाशक्तिको केन्द्रमा आधारित एक विशाल अर्धसैनिक बल छन् । अर्कोतिर परम्परागत ग्रामिण हतियारका साथ आम गाउँले, जो एक संगठनबाट समर्थित छन् । जो शसस्त्र विद्रोहको असाधारण तथा हिंस्रक इतिहाससँगै माओावदी छापामार लडाकु बलबाट प्रेरित छन् ।’
......
समालोचना र उनका आलोचकः
पक्कै पनि, उदारवादी बुद्धिजीविहरुले राज्यको आलोचनाहरु तथा उनका असन्तुष्टिहरुको चित्रणलाई पढ्छन् । समान्य सुब्रमानियन ‘माई सेडियस हार्ट’माथि उनको न्यूयोर्कर समीक्षा सुरुवात गर्दै रोय कति क्रोधित छिन् भनी बारम्बार आफ्नो पाठकहरुलाई याद गराउँछन् । उनी रोयको काश्मिरमा स्याउको दृश्यांकनको प्रशंसा गर्छन्, नव–उदारवादी परियोजनाप्रति उनको आलोचनालाई सुब्रमानियनले ‘निर्धक्क क्रोध’को रुपमा छोट्याउँछन् । र उनी प्रश्न गर्छन् ‘फार्थ स्टेट प्लाटिट्युट’ विरोधी, जो वामपन्थीविरुद्ध प्रयोग गरिन्छः त्यसो भए उनीसँग के उपाय छ ? 

रोयको आलोचनाको गरिएको सुब्रमानियनको समीक्षा केही ठेट वाश्यकहरुबाट सुरु हुन्छ, ‘उनी गाली गर्छिन्’ वा ‘उनी छाला काढ्छिन्’ । अहिंसाप्रति रोयको मनोभावलाई लिएर उनको असंगत र भारतका माओवादी ‘नक्सली’ आन्दोलनद्वारा गरिएको हिंसाप्रति ‘एक भद्र दृष्टिकोण’ अपनाएको उनी आरोप लगाउँछन् । 

तर, वामपन्थी हिंसाप्रति उनको तथाकथित पाखण्डी नरमपनामाथि सुब्रमानियनको चित्रणका बाबजुद, उनले वास्तवमै के लेखिकी थिइन् भने उनीहरुका संस्थापक चारु मजुमदारको तिखो भाषणले हिंसा, रगत र शहादतलाई उक्सायो र प्रायः यस्ता भाषाको प्रयोग गरे जसले लगभग जनसंहार जस्तो प्रतित हुन्छ । के यो नरम र चिन्तित जस्तो सुनिन्छ ? 

यो प्रायः उदारवादी पत्रकारका लागि वामपन्थीहरुमाथि लेखकहरुको विकृतिसँगै उनीहरु क्लिप्स पनि झुकेको हुन्छ । यद्यपि, उनको काममा धेरैजस्तो क्रोध अयोग्य पाइन्छ । जस्तो कि सुब्रमानियमको सम्पादकहरुले ‘द प्रेसाइन्ट अफ अरुणधती रोय’प्रति उनीहरुको भ्रमलाई नरम गरे । रोयको काम मेरा लागि आलोचनात्मक प्रेम हो । तपाईं पनि महामारीमा हुनुहोला, उनी जीवनहरु बचाउने प्रयासरत छिन् ।
...... 

‘डुब्लिसिटस’ लेखकः
रोय एक पटक न्यूयोर्कमा आफ्ना केही आलोचकको नैतिक कुहिरोको बारेमा किस्सा सुनाइरहेकी थिइन् । एक जना पुरुष उनको नजिक आए । उनले भारतमा रहेको उनको आलोचकलाई लिएर उनीसँग असहमत रहेको स्पष्ट पारे । तर उनले वास्तवमै के कुरामा असहमति जनाएको हो भन्ने तत्कालै भनेन्, सायद कास्मिरको बारेमा हुनुपर्छ । ‘उनी ‘डुब्लिसिटस’(बेइमान) थिइन्,’ उनको मुखबाट फुत्त निक्लियो । यसले रोयलाई आश्चार्यमा पार्यो । यसको विपरित, गुजरात र कास्मिर जस्ता ठाउँमा भएका भारतीय राज्यको हिंसाप्रति उनको समालोचनाहरु पूर्ण र स्पष्ट रहेको भन्दै ती पुरुषले गलत बोलेको उनले तर्क दिइन् । 
अन्नतः उक्त पुरुषले नै त्यो शब्द अर्थ नबुझिकनै प्रयोग बोलेको बुझिन् । ‘चित्त नदुखाउनुहोला,’ ती पुरुषले भने– ‘तपाईं किन शब्दावलीलाई लिएर चिन्तित बन्नुहुन्छ, आउनुस् मसँग सेल्फि लिनुहोस्’, त्यसपछि उनी दर्शकदीर्घामा फर्किए । यसको अर्थ रोयको देशभक्ति भावनाको कमीका बारेमा गम्भीर आलोचनाको विस्तारका लागि प्रयोग गरिएको हुनसक्छ ।

जब अरुणधती रोयले सन् २०१० को एक भाषणलाई लिएर कास्मिर ऐतिहासिक रुपले भारतको नभएको तर्क दिइन्, फासीवादी भाजपाका महिला पक्षलाई यो तर्क असहनीय बन्यो । उनको घरबाहिर धर्ना बसे, उनको उक्त टिप्पणीलाई कि फिर्ता लिन कि भारत छोड्न माग गरिरहेका थिए । भारतीय दक्षिणपन्थीहरुले कथित रुपले सन् २०१७ को उनको उपन्यास ‘द मिनिस्ट्री अफ अटमोस्ट ह्याप्पिनेस’को पिडिएफ वरपर पठाए । सम्भवतः उनको किताबलाई लिएर रोयल्टी नदिन लोभ्याउन सक्छन् ।

उनको कामलाई भारत र अन्य ठाउँमा केही विरोधीहरुद्वारा गहिराईबाट विकृत गरिदैँ आएको छ, त्यसरी नै यो प्रगतितर्फ अघि बढ्छ । धेरैजसो लेखकको तुलनामा विश्वभरमा उनको उपन्यास र निबन्धका थुप्रै पाठक छन् । 

त्यसैले शिकाकोको हेमार्केट बुक्सले रोयको निबन्धहरुलाई एकतृत गर्यो, जसले पाठकलाई पछिल्लो २५ वर्षमा उनले आफूलाई तल्लिन राखेको संघर्षको विस्तारसँग परिचित हुन एक मौका दिन्छ । रोय एक निबन्धकार जो कानुनी तर एक सार्वजनिक रक्षकको मानवतावादी क्रुरतालाई मूर्त रुप दिन्छिन्, एक कविको रुपमा बुद्धि र शब्दावली खेलाउँछिन्, एक कमरेडको रुपमा जो दिइएको अन्याय लिंदैन ।

(समाचार दैनिकका लागि गिता सुब्बाको अनुवाद ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर