• बुधबार २-१४-२०७७/Wednesday 05-27-2020/ 01:13 am

फोटो पत्रकारलाई प्रेस ज्याकेट सहयोग 

काठमाडौं । विपद्को समयमा अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलनमा खट्ने फोटो पत्रकारलाई एकपछि अर्को गर्दै सहयोग प्राप्त हुनेक्रम बढेको छ । न्यू मुनलाइट सर्टिङ सुटिङका सञ्चालक जाकिर हुसेनले आज राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाललाई कूल १०० थान प्रेस ज्याकेट हस्तान्तरण गरे । 

ज यहाँ आयोजित एक कार्यक्रममा उनले कोरोनाको जोखिमसँग लडेर आम नागरिकलाई सूचना प्रवाहमा खटिने पत्रकारलाई सहजरुपमा काम गर्ने वातावरण बनोस् भन्ने लक्ष्यका साथ प्रेस ज्याकेट उपलब्ध गराएको बताए । व्यवसायी हुसेनले अग्रपङ्क्तिमा खटिरहेका फोटो पत्रकारको एकरुपताका लागि आफ्नै गार्मेन्टमा सिलाएर प्रेस ज्याकेट उपलब्ध गराएको जानकारी दिँदै सङ्कटमा काम गर्नेको अवस्थालाई आफूले नजिकबाट देखेकाले सहयोग गरेको जानकारी दिए । 

उनले विपद्को समयमा जोखिमपूर्ण काम गर्ने पत्रकारलाई सानो सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।  विगत २५ वर्षदेखि काठमाडौँमा रहेर सर्टिङ सुटिङको व्यवसाय गर्दै आएका हुसेनले उपलब्ध गराएको ज्याकेट एनएफपिजेका अध्यक्ष राजेन्द्र चित्रकारले ग्रहण गरे ।

ज्याकेट लिँदै अध्यक्ष चित्रकारले काठमाडौँ उपत्यकामा नियमित समाचार सङ्कलन एवं फोटो पत्रकारिता गर्ने पत्रकारलाई वितरण गरिने बताए । विपद्मा फोटो पत्रकारलाई सम्झेर सहयोग गरेकामा अध्यक्ष चित्रकारले व्यवसायी हुसेनको प्रशंसा गर्नुभएको एनएफपिजेले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जापानको फुकुओका उड्दै नेपाल एयरलाइन्स

  • १३ जेठ, २०७७

काठमाडौं ।  नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको फुकुओका शहरमा पहिलो पटक उडान गर्दैछ । निगमको वाइडबडी ए–३३० जहाजले आज राति फुकुओका

दोषीलाई कानूनी कारवाही गर्न बारको आग्रह

  • १३ जेठ, २०७७

काठमाडौं ।  नेपाल बार एसोसिएशनले अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिममा भएको अमानवीय आपराधिक घटनाको यथाशीघ्र अनुसन्धान गरी

क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु,रिपोर्ट नआउञ्जेल दाहसंस्कार नगरिने

  • १३ जेठ, २०७७

सप्तरी ।  होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा