• २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024

पटक–पटक आह्वान गर्दापनि भारतले वार्ता गर्न मानेन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सीमा बिषयमाा देखिएको विवाद समाधान गर्न नेपाल सरकारले पटक पटक आह्वान गर्दा पनि भारत वार्तामा बस्न नमानेको बताएका छन् । 

सिंहदरबारमा आइतबार बसेको संघीय संसद अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा उनले सीमाका नसुल्झिएका बिषयमा छलफल गर्न नेपाल सरकारले आह्वान गरेको वार्ता यसअघि पनि भारतले लत्याएको बताएका हुन् । 

सुगौलीसन्धी बिपरित भारतीय सरकारले नेपालको भूमि आफ्नो क्षेत्रमा राखेर यसअघि नक्सा जारी गरेको बताए । उनले भारतीय ुरक्षाकर्मीलाई बस्न मात्र दिएको यसअघि नै खुलेको भन्दै त्यसकै आधारमा नेपालको भूमिलाइ भारतले कब्जा गर्न नमिल्ने तर्क गरे । उनले कालापानी नेपालको क्षेत्रमा भारतले सडक बनाएपछि नेपाल सरकार गम्भीर भएर नक्सा सार्वजनिक गरिएको बताए । उनले आफ्नो क्षेत्रमा सुरक्षानिकायको तैनाथीका साथ आवश्यक पूर्वाधार बनाउँदै जाने धारणा पनि राखे । मन्त्री ज्ञवालीले अहिले पनि नेपालको चाहना कुटनीतिक तवरबाट समस्याको समधान गर्नु नै भएको दोहरउदै अन्य कुनै बिकल्प नसोचेको स्पष्ट पारे ।

त्यस्तै मन्त्री ज्ञवालीले स्वदेश फर्किन चाहनेलाई प्राथमिकताका आधारमा फर्काउने तयारी सरकारले गरिरहेको बताए । त्यस्तै उहाले भ्रमण भिषामा गएका, स्वास्थ्य अवस्था गम्भीर भएको र कम्पनीमा भिषा सकिएकालाई पहिलो प्राथमिकतामा राखिएको जानकारी पनि गराए ।

बैठकमा समिति सदस्यहरुले नेपाल भूमि कब्जा गरेर भारतीय सुरक्षाकर्मी राख्दा मौन रहदा अहिलेको अवस्था आएकाले सरकारले अव गम्भीर भएर यस बिषयमा समाधान खोज्नुपर्ने बताए । 

छलफलपछि बैठकले कुटनीतिक संवादमार्फत नेपालको भूमि प्राप्त गर्न राष्ट्रिय सहमतिका साथ ठोस पहल अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । त्यस्तै बैठकले विदेशमा समस्यामा परेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन निर्देशन पनि दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर