• बिहीबार ३-२५-२०७७/Thursday 07-09-2020/ 06:28 am

इदले धार्मिक सद्भावलाई विगत जस्तै मजबुत बनाउन मद्दत गरोस्  : मुख्यमन्त्री पौडेल

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुस्लिम समुदायको महान पर्व इदले नेपालको सर्वधर्म समभाव तथा धार्मिक सद्भावलाई विगत जस्तै मजबुत बनाउन मद्दत गरोस् भन्ने कामना व्यक्त गरेका छन् । 

इदुल–फित्र (इद) को अवसरमा आज जारी एक शुभकामना सन्देशमा मुख्यमन्त्री पौडेलले भनेका छन् , “मुस्लिम समुदायको महान चाड एवं सद्भाव र भाइचाराको महान् पर्व ईदुल–फित्र (इद) को उपलक्ष्यमा यस प्रदेशमा रहनुभएका तथा देश विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदाय एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।” 

“नेपाल एकीकरण पूर्वदेखि नै नेपालका विभिन्न जाति समुदयासँग घुलमिल हुँदै र अनेकतामा एकता थप्दै आएको नेपाली मुस्लिम समुदायले राष्ट्र र राष्ट्रियताका लागि गरेको योगदानको उच्च कदरसहित प्रशंसा गर्दछु”, पौडेलले सन्देश मार्फत भनेका छन् । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्णाली प्रदेश अस्पतालका चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा कोराना संक्रमण

  • २४ असार, २०७७

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा बुधबार थप २ चिकित्सक र २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । आइसोलेसनमा ड्युटी गरेर क्वारेन्टाइनमा

गुटको भेला र जुलुसले  पार्टीको हित गर्दैन यस्तो कार्य बन्द गर्नुहाेस : नेकपा सुर्खेत 

  • २४ असार, २०७७

सुर्खेत । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन समिति सुर्खेतले पार्टी भित्रको अन्र्तरसंघर्षका विषयमा कुनै प्रकारका भेला तथा जुलुस नगर्न

वर्षाले भीमदत्तनगरका बस्ती डुबानमा

  • २४ असार, २०७७

कैलाली । दुई दिनदेखिको अविरल वर्षाका कारण कञ्चनपुरको भीमदत्तनगर बजार र आसपासको क्षेत्र डुबानमा परेको छ । ढल व्यवस्थापनको अभाव र पानीको निकास नहुँदा