चर्चामा दीपिका र रणवीरको प्रेम, भिडियो भाइरल
एजेन्सी । अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको जोडी बलिउडमा निकै रुचाइएको जोडी हो । सामाजिक सञ्जालमा उनीहरुको बैवाहिक सम्बन्धपछिको प्रेम पनि झल्किरहेको हुन्छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोक्नको लागि जारी गरिएको लकडाउनको कारण उनीहरु यतिबेला आफ्नै घरमा समय बिताइ रहेका छन् ।
यस्तो अवस्थामा उनीहरु सामाजिक सञ्जालमा निकै सक्रिय देखएका छन् । दैनिक आफ्नो घरमा भएका क्रियाकलापको तस्बिर पनि सार्वजनिक गर्दै आएका छन् । यहीबीच दीपिकाले रणवीरलाई चुम्बन गरेको भिडियो सेयर गरेकी छन् । जुन सामाजिक सञ्जालमा भाइरल भएको छ ।
प्रतिकृया दिनुहोस