• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

एकल महिलाको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिले एकल महिलाहरुले खाइपाइ आएको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले असहाय एकल महिला र अपांगता भएका व्यक्तिहरुलाइृ बितरण गरिदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको बिधेयक संसदको चालू अधिवेशनमा पेश गर्न सरकारलाइ निर्देशन दिएको हो । 

त्यस्तै बैठकले कोरोनाको पहिचान गर्नका लागि गरिने पिसिआर परीक्षण समुदाय स्तरसम्म व्यापक रुपमा गर्ने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाइ निर्देशन दिएको छ ।

त्यस्तै सीमा क्षेत्रमा अलपत्र र विदेशमा रहेका नागरिकहरुको व्यवस्थित उद्धार गर्न र नेपालमा भएका क्वारेन्टाइनको मापदण्ड डब्लुएचओको अनुसार बनाउन पनि सरकारलाई निर्देशन दिएको छ । बैठकमा समिति सदस्यहरुले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन ढिलाइ गर्न नहुने धारणा राखेका थिए । साथै उनीहरुले लकडाउनमा हिंसाको घटनाहरु बढेको भन्दै यसलाइ नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए । 

समिति बैठकले महामारीका बेला भएको हिंसा, बिभेद, छुवाछुतको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यस्ता घटनाको तत्काल छानविन गरि दाोषीउपर कारवाहीको प्रक्रिया अघि बढाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर