• बुधबार ३-२४-२०७७/Wednesday 07-08-2020/ 10:10 am

क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु,रिपोर्ट नआउञ्जेल दाहसंस्कार नगरिने

सप्तरी ।  होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला आज बिहान मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।

गर्भवती महिलालाई १००.२ डिग्री ज्वरो आएपछि गत बिहीबार राजविराजस्थित डा विनिता यादवको क्लिनिकमा उपचारका लागि लगिएको थियो । चिकित्सकले पाँच दिनपछि पुनः परीक्षणका लागि बोलाएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार महिलालाई पिसाबको सङ्क्रमण (युटीआइ) भएको भन्दै चिकित्सकले औषधि दिनुका साथै होम क्वारेन्टाइनमा रहन सल्लाह दिएका थिए । अठार साताकी गर्भवतीलाई १० दिनदेखि ज्वरो आएको थियो । कोरोना सङ्क्रमणसित मिल्ने लक्षण देखिएको र होम क्वारेन्टाइनमा रहेकीले मृतकको स्वाब लिने तयारी भइरहेको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव डम्बर महतोले जानकारी दिए ।

मृतकको स्वाब सङ्कलनको रिपोर्ट नआउञ्जेल दाहसंस्कारका लागि प्रतिक्षा गर्न उपयुक्त हुने महतोले बताए । मृतकको साढे पाँच वर्षका जुम्ल्याहा एक छोरा र एक छोरी छन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सूर्यविनायकबाट ५० लाख जरिवाना तोकेका फरार अभियुक्त पक्राउ

  • २४ असार, २०७७

भक्तपुर ।  बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले दुई महिना कैद र रु ५० लाख जरिवाना फैसला गरेको फरार अभियुक्तलाई प्रहरीले मङ्गलबार पक्राउ

पहिरोले डोटीमा आठ परिवार विस्थापित

  • २४ असार, २०७७

डोटी ।  तीन दिनदेखिको लगातारको वर्षाका कारण पहिरो आउँदा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मा गाउँका आठ परिवार विस्थापित

भरतपुरबाट आठ जुवाडे पक्राउ

  • २४ असार, २०७७

भरतपुर ।  जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरबाट आठ जुवाडेलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–१ मिलनरोडबाट उनीहरूलाई नगद ६१ हजार ७ सय ४३