• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

संविधान संशोधनको प्रस्ताव आज संसदमा पेश हुँदै

काठमाण्डाै । नयाँ राजनीतिक नक्सा सार्वजनिक भएसँगै निशान छापमा नायँ नक्सा समावेश गर्नका लागि आज संविधान संशोधनको प्रस्ताव संसदमा पेश हुँदैछ ।
 
आज दिउँसो २ बजे बस्ने बैठकमा कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

सरकारले भारतले मिचेको  लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका क्षेत्र नेपालको भूमि भएको भन्दै नयाँ नक्सा जारी गरेर प्रचलनमा ल्याइएको छ । यसलाई संविधानको अनुसूची ३ मा रहेको निशान छापमा राख्न संविधान संशोधन हुन लागेको हो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर