लकडाउनले गर्दा आर्थिक संकटमा परेकी अभिनेत्री प्रेक्षा मेहताले गरिन् आत्महत्या 

एजेन्सी  । लकडाउनको कारण मानिसिक तनाबमा परेकी टिभि अभिनेत्री प्रेक्षा मेहताले आत्महत्या गरेकी छन् । प्रेक्षा लकडाउन सुरु हुनु अगाडी मुम्बईबाट आफ्नो घर गएकी थिइन् ।  लकडाउनको कारण काम नभएपछि आर्थिक संकटमा परेकी उनले आफ्नै घरको पंखामा झुन्डिएर आत्महत्या गरकी हुन् । 

उनी २५ वर्षकी थिइन्  । उनले ‘क्राइम प्रेट्रोल’ , ‘मेरी दुर्गा’ ‘लाल इश्ल’ लगायत सिरियलमा काम गरेकी थिइन् । उनले अक्षय कुमार अभिनित फिल्म ‘प्याडम्यान’ मा पनि काम गरेकी थिइन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस् लेखेर आत्महत्या गरेकी हुन् जसमा लेखिएको छ –‘सपना मर्नु सबै भन्दा नराम्रो कुरा हो । ’

उनले सोमबार राती आत्महत्या गरेकी थिइन । उनको परिवारले मंगलबार बिहान मात्र थाहा पाएको थियो । उनले एक सुसाइड नोट लेखेकी छन् । तर उक्त सुसाइड नोटमा आतमहत्या गर्नुको कारण नखुलाईको भारतीय मिडियाले जनाएको छ । 


 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

चहरे की हंसी के पीछे ऎसा बहुत कुछ छुपा होता हैं जिसे हर कोई नहीं समझ सकता। प्रेक्षा का आखरी स्टेटस था-"सबसे बुरा होता हैं सपनों का मर जाना" हमें मेंटल हेल्थ के लिए उतना ही जागरूक होना होगा जितना कि हम फिजिकल हेल्थ के लिए होते हैं। हमारे "एम.पी.एस.डी." परिवार की एक सदस्य अब नहीं रही। #RIPPrekshaMehta #artist #TheatreFamily #mpsdfamily #rip #sucide #mentalhealth

A post shared by Richa Tiwari (@richatiwari309) on May 26, 2020 at 3:09am PDT

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर