चर्चित गीतकार रत्‍न शमशेर थापाको निधन 

काठमाडौं ।  चर्चित गीतकार रत्‍न शमशेर थापाको निधन भएको छ । थापाको उपचारका क्रममा थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा निधन भएको हो ।

नेपाली सुगम संगीतका चर्चित रचनाकार थापाले घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन, पन्छीमा राम्रो डाँफे, गोरेटो त्यो गाउँको, ए कान्छा ठट्टैमा बैँस, जाग लम्क चम्क हे, आँखाको भाका आँखैले, उकाली ओराली गर्दै (सीमाना फिल्म) जस्ता कालजयी र सदावहार गीत लेखेका छन् ।

सन् १९३९ मा जन्मिएका उनको रचनामा कुनैबेला स्वर स्रमाट नारायणगोपालदेखि प्रेमध्वज प्रधानसम्मको स्वरमा गुञ्जिने गर्थ्यो । चक्लाभरिको घाम, ताराका काँचा रङ्ग (कवितासङ्ग्रह), ओभानो सिउँदो, रुझेका परेला (गीतसङ्ग्रह) लगायतका उनका कृतिहरु चर्चित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर