आगामी वर्षभित्र काठमाडौंमा मेलम्चीको पानी ल्याइने

काठमाडौं । सरकारले आगामी २ वर्षभित्र सबैलाई खानेपानी सेवा पुर्याउने बताएका छन् । ‘आगामी वर्ष सुख्खा ग्रस्त क्षेत्रमा आधारभूत स्तरको सरसफाई स्थानीय तह मार्फत गरिने छ ।’ बिहीबार संघीय संसद अन्तर्गतको दुवै सदनको बैठकमा आगामी वर्षको बजेट वक्ताव्य सुनाउँदै अर्थमन्त्री डा. युवराज खतिवडाले सो कुरा बताएका हुन् । 

आगामी वर्ष ९४ प्रतिशत खानेपानी पुर्याउनेगरी सकरारले तयारी थालेको बताए ।

चालु आर्थिक वर्ष भित्र काठमाडौंमा मेलम्चीको खानेपानी ल्याउने बताए । साथै, आगामी वर्ष सुख्खा ग्रस्त क्षेत्रमा आधारभूत स्तरको सरसफाई स्थानीय तह मार्फत गरिने छ । ‘जसका लागि ४३ अर्ब १० करोड बजेट विनियोजन गरेको छ ।’ उनले भने । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर