• २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024

मृत आमालाई बालकले ब्युँझाइरहेको भाइरल भिडियो : जसले सिंगो भारतलाई स्तब्ध बनायो

तस्विर श्रोत : अलजजिरा

एजेन्सी । भारतको मुजफरपुर सहरमा एक रेलवे स्टेशनमा एक नाबालकले आफ्नी मरिसकेकी आमालाई ब्युँझाइरहेको एक भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

अर्विना खातुन नामक उक्त महिलाको परिवारका अनुसार कोरोना भाइरस महामारीका कारण जारी लकडाउनका कारण हिँडेर आफ्नो गाउँ फर्कदै गर्दा उनको भोक र तिर्खाले मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । यद्यपि, स्थानीय प्रहरीले भने उनको बिरामी परेका कारण मृत्यु भएको बताएका छन् ।

त्यहाँका सञ्चारमाध्यमले दिएको जानकारी अनुसार, उक्त ३५ वर्षीया महिला ती ९ मजदुरमा पर्छिन् जो पछिल्लो दिनमा आफ्नो गाउँ फर्किने क्रममा रेलमै मृत्यु भएको थियो । 

बिहारको उत्तर–पूर्वी सहर मुजफरपुरको एक रेलवे स्थेशनमा आफ्नो मृत आमाको लुगा तान्दै ब्युँझाउने प्रयास गरिरहेको दुई वर्षको बाललको भिडियो फुटेज स्थानीय सञ्चारमाध्यले सार्वजनकि गरेका थिए । उक्त भिडियोले भारतीय सामाजिक प्रयोगकर्ता नागरिकलाई स्तब्ध बनाएको छ । 

बिरामीका कारण खातुनको मृत्यु भएको प्रहरीले दावी गरे पनि उनीसँगै यात्रा गरिरहेका मानिसहरुले भने ट्रेनको लामो यात्रा(गुजरातबाट करिब १८ सय किलोमिटर)का क्रममा उनको भोक र तिर्खाका कारण मृत्यु भएको बतएका छन् । 

रेलमा ९ मजदुरको मृत्युले महामारीमा भारतीय प्रवासीहरुको दुर्दशालाई उजागर गर्छ । भारतमा महामारीका कारण लाखौँले रोजगार गुमाएका छन् र अझै पनि लाखौँ जना कामको अभावपछि आफ्नो घर फर्कने संघर्ष गरिरहेका छन् । 

यी मृत्युहरु सरकारको आयोजनामा देशभित्रकै प्रवासी मजदुरलाई घर फर्किन सहयोगार्थ खटाइएका विषेश ट्रेनमा भएका छन् । यी ट्रेनहरु पुग्न ढिलो गर्दा बढ्दो तापक्रममा मजदुरहरु भोक र तिर्खाबाट पीडित बने । 

स्थानीय सञ्चारमाध्यमका अनुसार, दर्जनभन्दा बढी ट्रेनहरु आउँदै आएनन्, तर स्थानीय प्रशानले भने ट्रेनलाई डाइभर्ट गरिएको मजदुरहरुलाई बताइरह्यो । यद्यपि, भारतीय रेलवेले भने भोकका कारण कसैको मृत्यु नभएको बताएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर