गायक दीपक बज्राचार्यको कोरोनासम्बन्धी गीत सार्वजनिक

काठमाडौं ।  चर्चित गायक दीपक बज्राचार्यले युनिसेफ साउथ एसियाको सहकार्यमा कोरोना सचेतनासम्बन्धी गीत सार्वजनिक गरेका छन् ।

गीतमा गायक दीपक बज्राचार्यलाई स्वरमा चेरिशा बज्राचार्यले साथ दिएकी छिन् भने संगीत दीपक बज्राचार्य आफ्नै रहेको छ । गीतले कोरोना कहरकाबीच दया, सद्भाव, आशा र कोरोनालाई परास्त गर्न पारस्परिक सहयोगको खाँचो रहेको सन्देश बोकेको छ ।

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर