• २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024

सङ्क्रमितको पुनः कोरोना परिक्षण गरिँदै

बैतडी ।  बैतडीका कोरोना सङ्क्रमितको पिसीआर परीक्षण पुनः गरिने भएको छ ।  जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिने भएको हो । स्वाब सङ्कलनपश्चात परीक्षणका लागि धनगढी पठाइने जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । 

जेठ ९ गतेदेखि आइसोलेसनमा रहेका ती युवकमा कोरोना ठिक भएनभएको जानकारी लिन पिसीआर परीक्षण गरिन लागिएको हो । सङ्क्रमित पुष्टि भएको कम्तीमा पनि एक हप्तामा पिसीआर परीक्षण गर्ने गरिन्छ । लगातार दुई पटकसम्म पिसीआर रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमित निको भएको पुष्टि हुने र त्यसपछि डिस्चार्ज गरिने उनले बताए । 

सङ्क्रमितको एक हप्तापछि २४ घण्टा लगातार दुईपटक पिसीआर परीक्षण गर्ने गरिन्छ । गत वैशाख १५ गतेदेखि कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ती युवकमा जेठ ९ गते कोरोना  पुष्टि भएको थियो । सङ्क्रमित ती युवक चैत ६ गते भारतबाट आएका बुझिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर