• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

रुकुमको चौरजहारी विरोधमा शनिबार पनि प्रदर्शन

काठमाडौं । अन्तरजातीय प्रेम सम्बन्धका बिषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको बिरोधमा शनिबार पनि काठमाडौंमा बिरोध प्रर्दशन भएको छ । 


रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका ४ का दलित युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा परेर मृत्यु भएको घटनाको दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै कांग्रेस पाठशालाले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।  

प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा घटनालाई नछाड्न माग गरेका छन् ।  त्यस्तै उनीहरुले दलितलाई समाजमा हुने विभेद अन्त्य हुनुपर्ने र बिभेद गर्नेलाई कडा कारवाही गर्नुपर्ने भन्दै प्लेकार्ड प्रदर्शन गरेका छन् । यहि जेष्ठ १० गते साँझ भएको घटनाको भेरी नगरपालिका ४ का नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार, भेरी नगरपालिका ११ का गोविन्द शाही, लोकेन्द्र सुनार र भेरी नगरपालिका४ का सन्दीप बिकको मृत्यु भएको थियोे ।  

घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले छानबिन समिति बनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले केहिलाई पक्राउ गरेको छ । केटी पक्षका केहिबिरुद्ध  किटानी जाहेरी परेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर