• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

अमेरिकाको पहिलो नीजि अन्तरिक्षयान लञ्च

एजेन्सी । नासाका दुई अन्तरिक्षयात्री बोकेर एलन मस्कको कम्पनी स्पेसएक्सको अन्तरिक्षयान ‘द क्रु ड्र्यागन’लाई शनिवार लञ्च गरिएको छ । अमेरिको फ्लोरिडास्थित क्यानेडी अन्तरिक्ष केन्द्रबाट यसलाई लञ्च गरिएको हो । 

कुनै पनि नीजि अन्तरिक्षयानमा अन्तरिक्षयात्रीलाई अन्तराष्ट्रि अन्तरिक्ष स्टेशन(आईएसएस)मा पठाइएको यो पहिलो पटक हो । दुई अन्तरिक्षयात्रीहरुमा नासाका बब बेनकेन र डग हर्ली छन् । 

सन् २००० मै यसको छनोट गरिएको थियो र यी दुवै अन्तरिक्षयात्री स्पेस शटलको माध्यमबाट दुई पटक अन्तरिक्षमा पुगिसकेका छन् । उनीहरु यस अभियानमा १९ घण्टाको यात्रापछि अन्तराष्ट्रिय स्पेस स्टेशनमा पुग्नेछन् । 

नासाका अन्तरिक्षयात्रीहरु बब बेनकेन र डग हर्ली

यसअघि पहिलो प्रयास बुधबार गरिएको थियो, तर खराब मौसमका कारण उक्त दिनको अन्त्यतिर लञ्च अभियानलाई स्थगित गरिएको थियो । 

सन् २०११ पछि अमेरिकाले यस प्रकारको मिसनमा पहिलो पटक सफलता हात पारेको छ । यस लञ्च कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी बनेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर