• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

पाल्पामा पनि ३ जनामा देखियो कोरोना संक्रमण

पाल्पा । पाल्पामा तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जिल्लाको माथागढी गाउँपालिकाको क्वारेन्टिनमा बसेका १८ वर्षीय पुरुष र रैनादेवी छहराको क्वारेन्टिनमा बसेका ३८ र ४० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो । उनीहरु एक साता अघि भारतबाट आएर तानसेनको बतासेडाँडाको होल्डिङ क्वारेन्टिनमा बसेका स्थानीय तहको क्वारेन्टाईनमा पठाईएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

माथागढीका संक्रमितको बतासेमै स्वाब लिएर पठाएको र रैनादेवी छहराका दुई जनाको भने  गाउँमै स्वाब लिइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए  । आइतबार बेलुकी प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाद्धारा जारी रिपोर्टमा उल्लेख गरेको प्रमुख न्यौपानेले बताए ।

माथागढीका युवालाई सोमबार र रैनादेवीछहरामा देखिएकालाई आइतबार राती या सोमबार बिहान आइसोलेशन कक्षमा ल्याइने तयारी भएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिए  ।

पाल्पाबाट प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको २७१ जनाको परीक्षणमा २५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भने ११ जनाको रिपोर्ट आउन बाकी रहेको छ । पाल्पामा पछिल्लो एक सातामा मात्रै भारतका विभिन्न स्थानबाट १ हजार ३ सयबढी जिल्लामा भित्रिएका छन । उनीहरुमध्य केहीको पिसिआर परीक्षण गरिएको भएपनि हाल किटको अभावले स्थानीय तहका क्वारेन्टाईनमा राखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर