तरुण दलको मशाल जुलुशमा प्रहरीद्वारा लाठी चार्ज, आधा दर्जन सामान्य घाइते

जनकपुरधाम । जनकपुरधाममा तीनै तहको सरकारको विरोधमा तरुण दलले निकालेको मशाल जुलुशमा प्रहरीले हसक्षेप गर्नुका साथै लाठी चार्ज गरेको छ । तरुण दलको नगरकमिटीका युवाहरुले आइतबार साँझ स्थानीय सरकार, प्रदेश सरकार तथा संघ सरकारको काम जनभावना विपरीत भएको भन्दै निकालेको मसाल जुलुशमा प्रहरीले लाठीचार्ज गर्दै बिथोलेको हो । 

जनकपुरधामको जनक चोक बाट तरुण दलका नगर उपाध्यक्ष राकेश विक्रम साहको नेतृत्वमा निस्केको मशाल जुलूस भानु चौकमा पुगे पछि धनुषा प्रहरीले लाठी चार्ज गरेको थियो । लाठी चार्जबाट तरुणका आधा दर्जन युवाहरु घाइते भएको तरुणदलको जनकपुर नगर कमिटीले जनाएको छ ।

जनकपुरधामको पीसीआर मेसीन यथाशिघ्र सुरु गर्नु पर्ने, आइसोलेसन र क्वारेन्टाईन व्यवस्थित गर्नु पर्ने र भारतको सीमामा फसेको नागरिकलाई यथाशिघ्र ल्याउनु पर्ने, वैदेशिक रोजगारीमा रहेकाहरुलाई उद्धार गर्नु पर्ने लगायतको माग गर्दै तरुण दलका युवालहरुले तीन वटै तहको सरकार बिरुद्ध प्रदर्शन गरेको हो ।

मशाल बोकेका युवाहरुले स्थानीय सरकार र प्रदेश सरकार विरुद्ध चर्को नाराबाजी गर्दै जनकपुरधामको जनक चौक बाट अगाडी बढ्न खोजेपछि धनुषा प्रहरीले रोक्न खोजेको थियो तर युवाहरु दौडीदै भानु चोकसम्म पुगेपछि स्थानीय प्रशाशनले थप बल मगाएर घेरा हालेर लाठीचार्ज गरेको थियो । प्रहरीले लाठी चार्ज गरेपछि युवाहरु तीतीर वितिर भएका थिए ।

यता आधा दर्जन युवाहरुलाई सामान्य चोट पटक लागे पनि कुनै युवा पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । लकडाउनको बेला भीड भाड गर्न न पाउने भएकोले युवाहरु भेला र सभा गर्न थाले पछि सामान्य बल प्रयोग गर्नु परेको स्थानीय प्रशासनले जनााएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर