वाजिद खानको मृत्युको कारण कोरोना भाइरस, आमा पनि संक्रमित

एजेन्सी ।  बलिउड चर्चित संगीतकर्मी वाजिद खानको आइतबार राती कोरोना भाइरस संक्रमणको कारण निधन भएको छ । दैनिक भास्करले जनाए अनुसार ४२ वर्षका उनी एक हप्ता अगाडी कोरोना संक्रमित भएका थिए । पछिल्लो तीन दिनदेखि भेन्टिलेटरमा उनको उपचार भइरहेको थियो । 

वाजिद स्टार सलमान खानको मिल्ने साथी थिए । सलमानको धेरै फिल्मको गीतमा उनले संगीत भरेका छन् । भारतीय मिडियाले जनाए अनुसार वाजिदको आमा पनि कोरोना संक्रमित भएकी छन् । उनको पनि केही दिनदेखि चेम्बर अस्पतालमा उपचार भइरहेको छ । 

सलमान खानको म्यानेजर जोर्डी पटेल एक वेब साइडमा भने –‘अहिले उनको परिवारसँग कुरा भएको छैन तर दुखको कुरा वाजिदको आमालाई पनि कोरोना भाइरस संक्रमण भएको छ । उनी पनि त्यही अस्पतालमा उपचार गरारहेकी छन् । अहिले स्वास्थयमा सुधार आएको छ । वाजिद मृगौलाको उपचारको लागि अस्पताल गाएका थिए त्यही क्रममा संक्रमित भए । ’

अभिनेता रणवीर शौरीले वाजिदलाई श्रद्धाञ्जली दिदै कोरोना भाइरसको कारण बताएका थिए । उनले आफ्नो पोष्टमा लेखेका थिए –‘म आफ्नो बाल्यकालको साथीकोे खबर सुनेर दुखी भएको छु । वाजिदले कोभिड १९ को अगाडी आफ्नो हार स्वीकार गरे । म शोकमा छु । ’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर