• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

आजको मौसम : पानी पर्ला कि नपर्ला ?

काठमाडौं । । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, अरब सागरमा रहेको न्युन चापिय क्षेत्रको आंशिक प्रभाव छ साथै, नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको छ। हाल देशै भरी आशिंक बदली रहने महाशाखाले जनाएको छ ।

पहाडी भूभागमा सामान्य बदली रही बाकि भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभाग का थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमति प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का भूभागहरुमा सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ। देशको प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर