भारतबाट आएर आइसोलेशनमा उपचार गराइरहेका एक पुरुषको मृत्यु 

पाल्पा ।  पाल्पामा भारतबाट आएर आइसोलेशनमा उपचार गराईरहेका एकजना पुरुषको मृत्यु भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिका वडा नम्बर १ सिलुवाका ४६ वर्षीय राम बहादुर दिसुवाको तानसेनस्थित युनाईटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । 

जेठ १८ गते भारतबाट आएका दिशुवालाई ज्वरो आउने, स्वाश फेर्न गाह्रो हुने सुख्खा खोकी लाग्ने जस्ता समस्या देखिएपछि सोमबार उपचारका लागि मिसन अस्पतालको आईसोलेशनमा राखिएको थियो । उनको मृत्युको कारण पत्ता नगागेको र मंगलबार मात्र उनको श्वाब परीक्षण्का लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाईएको न्यौपानेले जानकारी दिए । 

भारतबाट आएर उनीसंगै अन्य ४२ जना गाउँपालिकाले निर्माण गरेको शम्भु माविको क्वारेन्टाइनमा बस्दै आएका छन् । कोरोना भाईरससंग मिल्दो जुल्दो लक्ष्यण देखिएपछि परीक्षणका लागि स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाईएको छ ।  स्वाब परीक्षणको रिपोर्ट नआएको हुदाँ क्वारेन्टाईनमा बसेकाहरु समेत त्रसित भएका छन् । स्थानीय र जनप्रतिनिधीको सहयोगमा मृतकको दहासत्कार गर्ने तयारी भएको गाउँपालिका स्वास्थ्य संगोजक मोहन ढकालले बताए । 

पाल्पामा हालसम्म ५ जना व्यक्तिमा कोरोना सक्रमण पुष्टि भएको छ ।  रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा २ जना र माथागढी गाउँपालिकामा १ जना लाई कोरोना सक्रमण देखिएको हो । माथागढीका कोरोना सक्रमितको कन्ट्रयाक ट्रेसिङ्ग गरी २२ जनाको स्वाव संकलन गरी परीक्षणको लागि पठाएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर