प्रेस सेन्टर नेपालले मनायो १९औँ स्थापना दिवस

काठमाडौं । प्रेस सेन्टर नेपालले १९औँ स्थापना दिवस तथा वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । सङ्गठनका विभिन्न कमिटीहरूले प्रभात फेरी, कोणसभा, रक्तदान लगायतका कार्यक्रमको आयोजना गरेर मनाएका छन् ।
सङ्गठनको केन्द्रीय कार्यालयले स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा प्रभात फेरी तथा कोणसभा गरी मनाएको छ। माइतीघर मण्डलाबाट बबरमहलसम्म आयोजना गरिएको प्रभात फेरीमा उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसिएट प्रदेशको सहभागिता रहेको थियो।
उक्त कार्यक्रममा सङ्गठनका संस्थापक अध्यक्ष महेश्वर दाहाल, पूर्व संयोजक गोविन्द आचार्य, नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीलगायत सङ्गठनका नेता तथा सदस्यहरूको उपस्थिति थियो।
प्रतिकृया दिनुहोस