• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

घरमै कसरी बनाउने चाकु ? यस्ता छन्  फाइदा 

काठमाडौं । हिन्दुहरुको प्रमुख चाडमध्ये माघे संक्रान्ति पनि महत्वपूर्ण पर्व हो । परम्परादेखि मानी आएको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो संक्रान्तिलाई मकर संक्रान्ति हाम्रो घर आँगनमा आइसको छ ।  माघे संक्रान्तिमा विशेष गरेर घ्यू चाकु, तिलको लड्डू, फापरको फुरौला, तरुल, सखरखण्ड जस्ता खाद्यपदार्थ खाने प्रचलन छ ।

माघे संक्रान्तिको आसपासमा यस्ता खाद्यपरिकार विक्री वितरणको लागि पर्याप्त मात्रामा राखिएका पनि हुन्छन् । गुलियो तथा अमिलो खाद्य पदार्थ आफैमा सुरक्षित खाद्यपदार्थ भएकाले यसको विग्रिने सम्भावना अति हुन्छ । सखर तथा चिनीलाई पकाएर बनाउने चाकुको गुणस्तरमा विभागले हालसम्म बजारमा अनुगम गरेको छैन । चाकु बनाउने तरिका पानीमा सखर राखेर आगोमा लामो समयसम्म पकाउने, उक्त पानी र सखर पाकेसँगै ठूलो खुल्ला भाँडोमा राख्ने । तातो सेलाएसँगै त्यसलाई रंग परिवर्तन नहुँदासम्म फिट्ने ।

त्यसपछि आफूलाई चाहिने मात्रामा किसकिस, काजु, नरिवल मिसाएर केही समय खुल्ला छोड्ने । यस्तै, घरेलु तरिकाले आफूले चाहेअनुसारको आकारमा चाकु तयार गर्न सकिन्छ । यस्ता छन् चाकुको फाइदा गुलियो खाद्यवस्तुले शरिरलाई शक्ति प्रदान गर्ने गर्दछ । जाडो मौसममा थकित शरिरलाई सन्तुलन गर्ने काम गुलियो खाद्यान्नभित्र पाइन्छ ।

चिसोबाट थाकेको शरिरलाई न्यायो हुन्छ भन्ने मान्यताका साथ चाकु, घ्यू, तरुल, तिल, सक्खरखण्ड जस्ता खाद्यपदार्थलाई प्रसादको स्वरुप लिने गरिँदै आएको छ । सखर र पानीबाट बन्ने चाकुमा कार्बाेहाइड्रेड प्रशस्त मात्रामा हुन्छ । त्यस्तै, चाकुमा हुने कालो पदार्थमा अधिक मात्रामा आइरन पाइने हुँदा कमजोर शरिर तथा रक्तअल्पता भएका विरामीको लागि यसले धेरै फाइदा गर्छ ।

शरिरलाई ताप प्रदान गर्नका लागि घ्यू सन्तुलित मात्रामा प्रयोग गर्दा उपयुक्त हुन्छ । जाडोयाममा शरिरलाई अधिक मात्रामा उर्जा आवश्यक पर्ने हुँदा घ्यू र चाकु प्रयोग गरिएको हो । प्रतिकृया दिनुहोस
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर