• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

प्रदीप गिरीसहित कांग्रेसका ८ सांसदले दर्ता गराए संविधान संशोधनको अर्को प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ८ जना सांसदले पनि संविधान संधोधनको अर्को प्रस्ताव दर्ता गराएका छन् । मधेस–तराईबाट प्रतिनिधित्व गर्ने कांग्रेसका ८ सांसदले मंगलबार दिउँसो संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएका छन्।

तत्कालिन प्रधानमन्धी  शेरबहादुर देउवाको समयमा संसदमा पारित हुन नसकेको विधेयकलाई पुनः दर्ता गरिएको हो । गत शनिबारको केन्द्रीय समितिले गरेको निर्देशनअनुसार संशोधन प्रस्ताव संसदमा दर्ता गरिएको उल्लेख छ । 

मंगलबार संसदमा प्रस्ताव गर्नेमा कांग्रेसका अमरेशकुमार सिंह, प्रदिप गिरी, उमाकान्त चौधरी, चित्रलेखा यादव, तेजुलाल चौधरी, अभिशेकप्रताप शाह, पद्मनारायण चौधरी र नमिता चौधरी रहेका छन् । 

संविधानमा विमति राख्ने दलले भाषा, नागरिकता, प्रदेशको सीमांकन हेरफेर र राष्ट्रिय सभामा प्रतिनिधित्वको मुद्दा उठाएका थिए । २०७४ भदौमा मधेसी दलका माग सम्बोधन गर्नेगरी ल्याइएको प्रस्तावलाई नै पुनः ब्युँताइएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर