• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

फलफूल तथा तरकारीको आपूर्ती र बजारीकरणको समस्या अन्त्य गर्न कृषि समितिको निर्देशन

काठमाडौं । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि, उद्योग र गृहमन्त्रालयको ध्यानाकर्षण गराएको छ । कोभिड–१९ का कारण लामो लकडाउनका बीच कृषकले उत्पादन गरेको फलफूल तथा तरकारीको संकलन, बजारीकरण र आपूर्तिमा समस्या देखिएको तीनै मन्त्रालयलाई ध्यानाकर्षण गराइएको हो ।

बिहीबार बसेको समितिको बैठकमा लकडाउनको अवधिमा स्वदेशी कृषकहरुले उत्पादन गरेका फलफूल तथा तरकारीहरुले बजार नपाएको तर बाहिरबाट टनका टन आयात भइरहेको भन्दै के कारणले यस्तो भएको हो सोबारे समितिले जिम्मेवार तीनवटै मन्त्रालयको जवाफ मागेको थियो । 

बैठकमा बोल्दै कृषि तथा पशुपंछी विकास मन्त्री घनश्याम भूसालले लकडाउनको अबधिमा बाहिरबाट फलफूल तथा तरकारी आयात भइरहेको स्वीकार्दै स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकता दिने आफ्नो प्रयास जारी रहेको बताएका थिए । 

लकडाउनको अबधिमा मात्र कुल ३० हजार मेट्रिकटन तरकारी आपूर्ति भएकोमा ६ हजारको हारहारीमा मात्र विदेशी तरकारी आयात भएको देखिएको र यसलाई समेत पछिल्ला दिनहरुमा घटाउँदै जाने पक्षमा आफु रहेको जानकारी दिए ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बैठकमा जवाफ दिँदै कोरोना पछिको लकडाउनको अबधिमा अन्य माल वस्तुको आयात घटेपनि दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न दाल चामसहित फलफूल तथा तरकारीको आयात बढेको बताए । लकडाउनको दशौं हप्तासम्ममा औसतमा खाद्यान्न ६।९ प्रतिशत, दलहन १४।७ प्रतिशत, तरकारी ४ प्रतिशतल र फलफूल ३८।१ प्रतिशले आयात बढेको मन्त्री भट्टले जानकारी दिए । 

बैंठकमा जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापा (बादल) ले आफुले कुनै पनि त्यस्ता दैनिक उपभोग्य वस्तु खाद्यान्न, तरकारी, फलफूल लगायतका अत्यावश्यक वस्तुका ढुवानी साधनमा रोक लगाउन निर्देशन नदिएको तर केहि स्थानीय तहहरु एक पालिका देखि अर्को पालिकामा आवत जावतमा रोक लगाएका कारण समस्या आएको हुनसक्ने बताए । तर त्यस्तो कार्य गरेको थाहाँ पाए आफुले सहजीकरणका लागि सम्बन्धित स्थानीय प्रशासनलाई निर्देशन दिने गरेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर