• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सिदार्थ राजमार्ग सुनसान हुँदा स्थानीयवासी खुसी

पाल्पा । कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि जारी लकडाउनले देशका धेरै क्षेत्रहरु बन्द हुँदा मानिसहरु आजित भएका छन् । तर पाल्पाको सिदार्थ राजमार्ग अन्तरगतको झुम्सा, दोभान सिद्धबाबा आसपासबासीले भने जारी लकडाउनका कारण राजमार्ग सुनसान हुदाँ धेरै समयपछि आनन्दसंग दिनचर्या बिताउन पाउदाँ खुसी व्यक्त गरेका छन । 

चैत ११ गतेदेखि सुरु भएको लकडाउनका कारण राजमार्गमा सवारी नचेलेसंगै लामो विगतमा जस्तो धुलो, धुवा र ध्वनी प्रदूषणको सास्ती खेप्न नपरेको बताएका छन । जारी लकडाउनका कारण सवारी आवागमन नभएपछि राजमार्गका व्यावसायीहरु समस्यामा परेको भएपनि यस भेगका व्यावसायी भने, सवारी नचल्दा राजमार्ग सुनसान हुँदा सिद्धार्थ राजमार्गको झुम्सा, दोभान र सिद्धबाबा क्षेत्रका स्थानीयले भने लकडाउनका कारण सवारी नचल्दा खुसि भएको बताएका छन् । 

पाल्पा बुटवल सडकखण्ड अन्तरगतको यस राजमार्गमा बाह्रै महिना धुलो, हिलो र सुख्खा पहिरोका कारण दुर्घटनाको जोखिम समेत उच्च रहेपनि लकडाउनका कारण अहिले भने सडक सुनशान रहदा सबै जोखिम हटेको छ । सवारी कम चलेसंगै राजमार्ग छेउँका बस्तीका स्थानीयले धुलो, धुवा र ध्वनी प्रदुषणको सास्ती खेप्न नपरेको बताएका स्थानीय रामबाबु श्रेष्ठले बताए । 

लकडाउनका कारण सवारी नचल्दा राजमार्ग मर्मत गर्ने कामदारले पनि सहजतरिकाले काम गर्न पाएको बताएका छन् । दनिभर काम गर्दा सवारीसंगै धुलो र धुवाले काम गर्न समस्या खेप्दै आएका कामदारलाई सुरक्ष्ीत तरिकाले काम गर्न पाएको तिनाउँ ३ का निरन गिरीले बताए । 

लकडाउन अघि दैनिक ५ हजारसम्म सवारी चल्ने यस राजमार्गमा अहिले भने दैनिक ४ सयमात्र सवारी चलेको हुँदा सवारी दुर्घटना शुन्य भएको दोभान प्रहरी चौकीका प्रमुख बाल बहादुर घर्तीले बताए । सवारी चापले गर्दा दुर्घटना धेरै हुने समस्या हटेसंगै सवारी चालकहरु पनि सुरक्षीत भएको महशुस गरेको उनले बताए । 

अन्य समयमा दैनिक ठूला सवारीलको चापले पैदल यात्रा गर्न समेत नसकिने यस सडकमा अहिले भने प्राकृतिक सौन्धर्यताको झलक समेत देख्न पाईएको स्थानीयहरुले बताएका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर