एक घर : एक धारा कार्यक्रमबाट दुई लाख ७५ हजार लाभान्वित

पोखरा ।  गण्डकी प्रदेश सरकारको एक घर ः एक धारा कार्यक्रमबाट प्रदेशका दुई लाख ७५ हजार जनसङ्ख्या लाभान्वित भएका छन् । प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रममा प्रदेशका सबै नागरिकलाई आधारभूत खानेपानी सेवा पु¥याउन विशेष कार्यक्रम लागू गरिएको उल्लेख छ ।

आधारभूत खानेपानी सेवा नपुगेका तथा निर्माणाधीन खानेपानी आयोजनाको कार्यक्षेत्रमा समेत नपरेका बस्तीमा १३० खानेपानी आयोजनाको निर्माण कार्य शुरु गरिएको प्रदेश प्रमुख अमिक शेरचनले बताए । घर ः एक धारा कार्यक्रमअन्तर्गत हालसम्म ९५ आयोजनाबाट २९ हजार ७०० धारा निर्माण सम्पन्न भइसकेको जनाइएको छ ।

भूमिगत, सतह र नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजनाको कार्यान्वयनबाट एक हजार २१७ हेक्टर नयाँ सिँचित क्षेत्र विस्तार भएको नीति तथा कार्यक्रममा उल्लेख छ । पुराना तथा जीर्ण सिँचाइ आयोजनाको स्तरोन्नतिबाट चार हजार २७९ हेक्टर जमीनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको र १७५ सिँचाइ आयोजनाको निर्माण कार्य भइरहेको छ ।
 
नदी नियन्त्रण र तटबन्ध कार्यक्रमअन्तर्गत १५७ आयोजना कार्यान्वयन गरी २९।४ किलोमिटर लामो तटबन्ध निर्माणबाट बस्ती, बजार, जग्गा र सांस्कृतिक सम्पदाको संरक्षण गरिएको र उक्त कार्यबाट १९७ हेक्टर जमीन उकास भएको प्रदेश सरकारले जनाएको छ ।
–––

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर