• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

जुमले चीनको आग्रहमा ‘तियानानमेन स्क्वेयर’ वार्षिकोत्सको मिटिङ र होस्ट अकाउन्टलाई हटायो

एजेन्सी ।  भिडियो सञ्चार मञ्च ‘जुम’ले बिहिबार सन् १९८९ मा चीनमा ‘तियानानमेन स्क्वेयर’ घटनाको ३१ औँ वार्षिकोत्सवसँग जोडिएका भिडियो मिटिङका सामाग्री तथा अकाउन्टहरुलाई चीन सरकारको आग्रहमा यस मञ्चबाट हटाइएको बताएको छ ।

यद्यपि, जुमले चीन सरकारलाई कुनै पनि प्रयोगकर्ताको जानकारी तथा बैठकको सामाग्री प्रदान नगरेको र भविष्यमा चीन बाहिरका प्रयोगकर्तालाई प्रभावित गर्ने गरी चीनको कुनै पनि आग्रहलाई स्विकार गर्ने बताएको छ ।  

कोरोना भाइरस महामारीका दौरान चर्चा पाएको ‘जुम’ले पछिल्लो समय प्रयोगकर्ताको डाटा चोरी गरेको र महंगो मूल्यमा बेचिरहेको आरोप लागेको थियो । जुमले एक हङकङ र दुई जना अमेरिकामा रहेका गरी तीन अभियानकर्ताको अकाउन्टलाई तत्काललाई बन्द गरेपछि जुम कम्पनीको तर्फ बन्द गर्नुको कारण स्पष्ट पारेको हो । 

अमेरिकामा बस्दै आएका चीनका मानवाधिकारकर्मी झोउ फेङ्गसुओले तियानानमेन स्क्वेयरमा भएको क्रुर सैन्य कारवाहीको ३१औँ वार्षिकोत्सव जुममार्फत् समारोह गरेपछि आफ्नो जुम अकाउन्ट बन्द गरिएको बताएका थिए । 

चीन सरकारले सामाजिक सञ्जालमा प्रचार गरिएका चार ठूला आयोजित बैठकहरुका बारेमा सूचना पठाएको र अधिकारीहरुले ती समारोह तथा समारोहसँग जोडिएका अकाउन्टहरुलाई बन्द गरिदिन माग गरेको जुमले बताएको छ । 

त्यसपछि जुमले यस समारोहका तीन वटा मिटिङ र केही समयका लागि होस्ट अकाउन्टहरुलाई बन्द गरेको छ । तियानानमेन स्क्वेयर कारवाहीसँग सम्बन्धित सामाग्रीलाई चिनियाँ अधिकारीद्वारा लगातार अवरुद्ध वा बन्द गरिँदै आएको छ र फेसबुक, ट्विटर र व्हाट्सएप जस्ता पश्चिमी सामाजिक सञ्जाल तथा च्याट मञ्चहरु पनि चीनमा प्रतिबन्धित छन् । 

सन् २०१७ मा चीनले माइक्रोसफ्टको स्काइपलाई एप्पल तथा एन्ड्रोएड स्टोर्सबाट हटाएको थियो । यद्यपि, स्काइपलाई व्यापार प्रयोजनको विकल्पको रुपमा उपलब्ध छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर