• बिहीबार ३-२५-२०७७/Thursday 07-09-2020/ 08:23 am

एक वृद्धले ‘कोविड–१९’ उपचारको बिल झण्डै १४ करोड तिरे !

वासिङ्टन । अमेरिकी अस्पतालमा कोविड–१९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्यो होला भन्ने हामी जोसुकैले अनुमान लगाउन सक्दैनौं । 

तर संयुक्तराज्य अमेरिकामा एक ७० वर्षीय वृद्धले अस्पतालमा कोविड–१९ को उपचार गराएबापत ११ लाख डलरको बिलमा सही गर्नु परेको सियाटल टाइम्सले जनाएको छ ।

समाचार अनुसार गच मार्च ४ मा माइकल फ्लोर नामका वृद्धलाई कोविड–१९ को उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । जीवनमरणको दोसाँधमा पुगेका फ्लोरलाई त्यस अस्पतालमा ६२ दिन राखिएको थियो । 

एक पटक उनको अवस्था अति नाजूक भएको थियो । अस्पतालका नर्सहरुले ती वृद्धकी पत्नी र छोराछोरीलाई फोन समेत गरेर अवस्था नाजूक भएको जानकारी गराएका थिए । 

तर भाग्यको खेल । उनी निको भए र गत मे ५ मा अस्पतालबाट डिस्चार्ज भए । अखबारका अनुसार डिस्चार्ज हुँदा उनलाई १८१ पृष्ठको बिल दिइयो, र यसको कूल बिल रकम ११ लाख २२ हजार ५०१ डलर (करिब १३ करोड ७० लाख नेपाली रुपैयाँ)को थियो । 

बिलमा सघन उपचार कक्षका लागि प्रतिदिन ९ हजार ७३६ डलर, ४२ दिनसम्म स्टेराइल कक्षमा राखेबापत ४ लाख ९ हजार डलर, २९ दिनसम्म भेन्टिलेटरको प्रयोग गरेबापत ८२ हजार डलर, दुई दिनसम्म आपतकालीन सेवाबापत एक लाख डलर समावेश थियो । 

तर उपचार बापत फ्लोरले एक पैसा तिर्नु परेन । अमेरिकी सरकारले वयोवृद्धका लागि व्यवस्था गरेको बिमा सेवा मेडिकेयरले यो सबै भुक्तानी गरेको छ । 

मेडिकेयरले सबै रकम भुक्तानी गरे पनि फ्लोर भने यो बिमा सुविधाबाट खुशी छैनन् । सियाटल टाइम्ससँग कुरा गर्दै फ्लोरले आफ्नो उपचारमा देखाइएको खर्च वास्तविक नै हो भन्नेमा शंका व्यक्त गरेका छन् । 

उनले आफूजस्ता धेरै व्यक्तिका लागि सरकारले गरेको खर्च आम अमेरिकी करदाताको रकम भएकाले यसप्रति सबै चनाखो हुनुपर्नेमा जोड दिएका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोभिड-१९ संक्रमणबाट बच्न एक भारतीय व्यापारीले लगाए ‘सुनको मास्क’!

  • २१ असार, २०७७

एजेन्सी । यतिबेला विश्वभरका मानिस कोभिड–१९ महामारीसँग लडिरहेका छन् र यस समयमा मास्क, ग्लोब्स र सेनिटाइजर जस्ता सुरक्षा उपायहरु अपनाउन अत्यन्त

प्रेमिकाको एक चुम्बनले अदालत पुर्यायो युवकलाई !

  • ६ असार, २०७७

एजेन्सी । बेलायतको राजधानी लण्डनमा बस्ने एक युवकलाई आफ्नी महिला साथीको चुम्बन निक्कै महंगो साबित भएको छ ।  मार्टिन एशले कोन्भे नामक उक्त युवक आफ्नी

सिंगापुरमा ‘जुम भिडियो कल’मार्फत् फाँसीको सजाय सुनाइयो

  • ७ जेठ, २०७७

एजेन्सी । सिंगापुरमा एक अदालतले ‘जुम भिडियो कल’ माध्यमको प्रयोग गरेर एक मलेसियाली नागरिलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।  सिंगापुरमा भिडियो