• शुक्रबार ३-२६-२०७७/Friday 07-10-2020/ 07:48 am

प्रदेश नं १  : १० सङ्क्रमित घर फर्किए

विराटनगर ।  प्रदेश नं १ बाट शुक्रबार १० जना कोभिड–१९ सङ्क्रमित निको भई घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थमा १० जना निको भई घर फर्केनहरुमा खोटाङका तीन, सुनसरीका तीन, उदयपुरका दुई र मोरङ जिल्लाका दुई जना छन् ।

निको भई घर फर्कनेमा २१ वर्षदेखि ४० वर्ष उमेरका चार महिलासहित १० जना छन् । निजहरुलाई गत जेठ २१ देखि २५ गतेसम्म अस्पतालमा उपचारका लागि भर्ना गरिएको उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उराँवले जानकारी दिए। प्रदेशमा कोभिडबाट सङ्क्रमितको सङ्ख्या अहिलेसम्म ४२२ रहेको छ भने निको भई घर फर्कनेको सङ्ख्या २३४ पुगेको छ । 
    
विराटनगर, मोरङको सुन्दरहरैचा र धरानमा अहिले १८८ जना कोभिड–१९ बाट सङ्क्रमतको उपचार भइरहेको छ । यसरी उपचारहुनेमा कोशी कोभिड उपचार केन्द्रमा विराटनगरमा २५ जना, पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन सेन्टर सुन्दरहरैचा मोरङमा ८५ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना छन् । 
    
यसैगरी शुक्रबार दुई जना कोभिड–१९ बाट सङ्क्रमित हुनेमा झापाको दमक र मोरङको बूढीगङ्गाका एकरएक जना छन् भने उनीहरुलाई उपचारका लागि  विराटनगर ल्याइएको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्णालीको आगामी बजेट सर्वसम्मत पारित

  • २५ असार, २०७७

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेट बुधवार सर्वसम्मत पारित भएको छ । प्रदेशसभाको बुधवारको बैठकले

कैलालीमा हत्या आरोपी प्रहरी थुनाबाट हत्कडीसहित भागे

  • २५ असार, २०७७

कैलाली । कैलालीमा हत्या आरोपी युवक प्रहरी थुनाबाट हत्कडी सहित भागेका छन् । हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३

सुदूरपश्चिममा कोरोनाको सङ्क्रमित चार हजार नजिक

  • २५ असार, २०७७

धनगढी । सुदूरपश्चिम प्रदेशमा थप ६७ जनमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि प्रदेशमा कूल सङ्क्रमित तीन हजार ७१७ पुगेको छ । सामाजिक विकास मन्त्रालय