• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बाँच्नका लागि आशाका कविताहरु लेख्ने कवि : उनैले गरे आत्महत्या 

एजेन्सी । आवश्यक छैन हरेक दुःख कारण भएर मात्र आउनुपर्छ । कहिले काहीँ विना कारण पनि दुःख आउँछ । अनि आवश्यक छैन, निरासना पनि हामीलाई सावधान गरेर आवस् । विश्वका रंगमञ्जमा जति खुशी, चमक उज्यालो देखिन्छ त्यसको पछाडी उतिनै ठूलो अन्धकार र एक्लोपन हुन्छ ।

कहिले काहीँ कुनै व्यक्तिको यी अन्धकार मानिसको जीवनको यति गहिराइसम्म पुग्छ कि उसलाई आफू अन्धकारमा हराएको कुरा नै थाहा हुँदैन । आधुनिक हिन्दी कवितामा गोरख पाण्डेको नाम पनि छ । जसले यस्ता गीतहरु लेखेका थिए । जुन गीत मानिसहरुको जिब्रोमा झुन्डिएको छ । तर यति रचनात्मक सोंचका कवि पनि उदासिनताको शिकार भएका थिए । जसले उनलाई मृत्युको मुखमा लग्यो ।

सुन्दा अचम्म लाग्छ, जसले कुनै दिन आउँछ, राम्रो दिन आउँछ लोभको दिन काटिने छ । गीतका कविले जीवनसँग हारेर आत्महत्या गरे । जनवादी कवि गोरख पाण्डेले आत्महत्या गर्नु अगाडी सुसाइड नोट लेखेका थिए । जस अनुसार उनले बिरामीको कारण आत्महत्या गरे । गोरख सिक्रोजोफ्रेनियाबाट पीडित थिए । बिरामी बिस्तारै यति धेरै बढ्यो कि उनले जीवन नै अन्त्य गरे ।

उनको कुराकानी गर्ने शैली व्यवहार सामान्य भन्दा जनवादी तरिकाको थियो । जसका कारण घर परिवारका सदस्यसँग ठीकसँग बस्न सक्दैन थिए । बीबीसीको एक रिपोर्ट अनुसार गोरख पाण्डे आफ्नो गाउँ जान्थे । अनि कामदार, शोषित, पीडित वर्गसँग समय बिताउँथे । पाण्डे उनीहरुलाई भन्थे– ‘यो जमिन र खेतहरुमा तपार्इंहरुको पनि अधिकार छ । उनका बुवा र परिवारका सदस्य रिसाए भने उनीहरुलाई प्रश्न गर्थे, किन गर्नुहुन्छ यति धेरै खेतहरुको काम ? मानिसहरुलाई समान रुपमा बाँडिदिनुस् ।’ गोरखको प्रख्यात भनाइ हो ।
 
आउनेछ राम्रो दिन आउनेछ 
लोभको दिन यो कट्नेछ
सूर्य झुपडीमा चम्कनेछ 
बच्चा दुधले नुहाउनेछ

रगतका भागहरु उड्नेछ 
मिलेर सबैले गीत गाउँनेछ
मेहनतको फूल फुलाउनेहरु 
संसारको मालिक बन्ने छ 
दुःखको रेखा मेटिने छ 
खुसीले ओठ मुस्कुराउने छ 
सपनाको सप्तरङगी डोरीमाथि
मुक्क्तिको पहरा लहराउने छ
.......
बीबीसीको एक रिर्पोट अनुसार उनको उपचार गरिरहेका डाक्टरले उनलाई स्थिर गर्नको लागि इलेक्ट्रिक शोक्ट दिएका थिए । यस क्रममा डाक्टरले उनको परिवारलाई यस विषयमा गोरखसँग कुरा नगर्न आग्रह गरेका थिए । परिवारका सदस्य कसैले पनि उनलाई बताएनन् । तर उनलाई शोक दिएको आफै थाहा पाएका थिए । उनले होस्मा आएपछि वरपर भएका सबैलाई डाक्टरले सुताएपछि के–के गर्यो सोधेको थिए । तर उनलाई शोक्ट दिएको आभास भइसकेको थियो । यही कारण उनी चिन्तित देखिएका थिए । धेरै जस्तो समय चिन्तामा रहने गर्थे । उनले सन् १९८९ जनावरी २९ झेलम अस्पतालको आफ्नै कोठामा आत्महत्या गरे ।

गोरख जेएनयु आउनु अगाडी काशी हिन्दु विश्वविद्यालयमा पढ्थे । तर गोरख पाण्डेको डायरी अनुसार धेरै कुराको पत्ता लागेको छ । जसलाई उनले सन् १९७६ मार्च १८ मा लेखेका थिए । जसमा लेखिएको छ– ‘म बनारस अहिले नै छोड्न चाहन्छु । अहिले नै ! म यहाँ विभाग, छात्रावास, युवतीहरुको बेकामको कुरा सुनेर दिक्क भइसकेको छु । राजनीतिक परिस्थितिले हाम्रो अवस्था बिग्रिएको युवाहरु जस्तै भएको छ । खासगरी मलाई जीवनप्रति पूर्ण रुपमा लगनशिल हुनु छैन । म यहाँबाट हट्न चाहन्छु अनि बनारसका धेरै ठाउँहरुमा घुम्न चाहन्छु ।’

उनको मनमा बेचैनी थियो । देश र समाजलाई हेर्ने अन्य मानिसहरुको नजरसँग उनको तालमेल मिल्दैन थियो । त्यसैले उनी दिल्ली गए अनि उनको ठेगना जेएनयु भयो । 

गोरख पाण्डेको जन्म उत्तर प्रदेशको देवरिया जिल्लाको मुडरवा गाउँमा सन् १९४५ मा भएको थियो । उनी किसान आन्दोलनसँग प्रत्यक्ष रुपमा जोडिएका थिए । उनको कविताले हरेक तर्फको शोषणमुक्क्त संसारको लागि आवाज उठाइएका छन् । 

हजार वर्ष पुराना छ उनको रिस
हजार वर्ष पुरानो छ उनको घृणा
म त केवल
उनको बिग्रिएको शब्दहरुको 
लय र तुकको साथ 
फर्काएरहेको छु 
तर तिमीहरुलाई डर छ कि
आगो लगाइरहेको छु  ।
....
उनको वैचारिक मूल्यप्रतिको पागलपन यति हद्सम्म समर्पितले गोरखलाई अन्य कविहरु भन्दा फरक देखाउँछ । उनको मनमा पनि एक बैचनी थियो जसले उनलाई कवि बनायो । आफू कवि हुनुको संवेदनशिलता उनले आफ्नो डायरीमा लेखेका छन्–

‘कविता र प्रेम, दुई यस्ता चिजहरु छन् जसले मलाई मनुष्य हुनुको बोध गराउँछ । अनि भने म बाँच्नुको पहिलो सर्त भोजन कपडा र घर मजदुर वर्ग पुरा गर्छन । किन भने यस तथ्यको झुठ बनाउनको लागि धेरै बुर्जुवा लेखान चलिरहेको छ । मजदुर वर्ग आफ्नो हितको लागि विभिन्न ठाउँमा संघर्षको लागि उत्रिएका छन् । किन भने म उस सघंर्षमा योगदान दिएर बाँच्नुको औचित्य साबित गर्न सक्छु । त्यसैले कविता मजदुर वर्ग र उनीहरुको मित्र वर्गको लागि लेख्छु । कविता लेख्नु कुनै ठूलो काम होइन । तर बटम लगाउनु पनि कुनै ठूलो काम होइन यद्यपि बटमबिना प्यान्ट कमिजको अर्थ छैन ।’
भोजपुरीमा गोरखले धेरै गीत कविता लेखे । उनको क्रान्तिकारी गीत अझै पनि मजदुर विद्यार्थीहरुले आन्दोलनमा गाउँने गरेका छन् । 

अस्थिर संसार हल्लिएको संसार
जनताको चल्ने पलटनियाँ
हल्लिन तयार स्थिर संसार
हल्लियो पहाड,
हल्लियो नदी तलाउ,
सागरमा उठेको हिलोरेवा
हल्लियो अस्थिर संसार

गोरखले लेखेका हरेक पंक्ति आज पनि मानिसहरुको स्मृतिमा गहिरो रुपमा बसेको छ । उनी आफ्नै बेचैनी, अनुभूतिहरु कसरी कवितामा स्पष्ट रुपमा देखिएको हुन्छ । 

यो आँखा हो तिम्रो
पीडाले भरिएको समुन्द्र
यो संसारलाई
सक्दो छिटो 
परिवर्तन गर्नुपर्छ’

गोरख मूलतः आफ्नो विचारमा एक शोषणमुक्त समाजको कल्पना गर्छन । आफ्नो काव्यमा आफ्नो वैचारिक प्रतिबद्धता एक भएर उभिएको हुन्छ । उनको व्यक्तित्व र रचनामा कतै पनि सम्झौता जस्ता शब्दहरुको भाव भेटिदंैन । 

समाजवाद बबुआ विस्तारै आयो 
समाजवाद बबुआ विस्तारै आयो
हात्तिबाट आयो घोंडाबाट आयो
अंग्रेजी बाजा बजायो
नटवाबाट आयो बोत्वाबाट आयो
बिरलाको घरमा कब्जा गर्यो
आँधीबाट आयो आँधीबाट आयो
लाठीको गुच्छा उडाईं
कांग्रेसबाट आएका जनताबाट आयो
झन्डाबाट परिवर्तन भई आयो 
डलरबाट आयो रुबलबाट आयो 
देस्वाको हतियारमा पराजित
समाजवाद बाबु–आमा बिस्तरै आयो

गोरख सिजोफेनियाबाट चिन्तित थिए । समस्या बिस्तारै–बिस्तारै यतिधेरै बढ्यो कि, सन् १९८९ जनावरी २९ मा कविले आत्महत्या गरे । त्यो समय उनी जवाहर लाल नेहरु विश्वविद्यालयमा अनुसन्धान सहयोगी थिए । उनको निधनपछि पनि तीन संग्रह प्रकाशित गरिएको छ । 

जसमा स्वर्गसे बिदाई (१९८९), लोहा गरम हो गया है (१९९०), समयका पहिया (२००४) छन् । गोरख आज यस संसारमा छैनन् । उनी संसारबाट विदाई भएको धेरै भयो । उनका गीतहरु मानिसका मनहरुमा गुञ्जिरहेका छन् । उनका कविताहरु आज पनि खोजी भइरहेका छन् । उनी सदाका लागि कृतिमार्फत अमर रहनेछन् । 

-एजेन्सीको सहयोगमा आयुष्मा बस्नेतको अनुवाद ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर