• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

प्रेमिकाको एक चुम्बनले अदालत पुर्यायो युवकलाई !

एजेन्सी । बेलायतको राजधानी लण्डनमा बस्ने एक युवकलाई आफ्नी महिला साथीको चुम्बन निक्कै महंगो साबित भएको छ । 

मार्टिन एशले कोन्भे नामक उक्त युवक आफ्नी प्रेमिकामाथि उनले चुम्बन गरेपछि आफू बिरामी परेको आरोप लगाउँदै अदालत पुगेका छन् । कोन्भेका अनुसार, उनले एक सामाजिक सञ्जाल वेबसाइटमा उनकी प्रेमिका जोवाना लक्सेलाई भेटेका थिए । 

त्यसपछि उनीहरुले भेट्ने निधो गरे । उनीहरुले आफ्नो पहिलो डेटमै चुम्बन गरेका थिए । त्यस समय प्रेमिकालाई रुघाखोकी लागेको र उनले यसबारे आफूलाई नबताएको कोन्भेले बताएका छन् । 

त्यस डेटमा चुम्बन गरेपछि कोन्भेको ओठ छेउमा एक अनौठो संक्रमण देखियो र उनी धेरै दिनसम्म बिरामी परे । 

डेली स्टारको खबरअनुसार, उक्त संक्रमणको फ्लुको जस्तो लक्षण देखिएको र मुखको खटिरा झन् झन् बढ्दै गएको कोन्भेले बताए, यतिमात्रै होइन उनलाई उच्च ज्वरो आएपछि अस्पताल नै भर्ना गर्नुपर्यो । जसका कारण रिसाएका कोन्भेले महिला पार्टनर विरुद्ध मुद्दा चलाउने तयारी गरे र उनीसँग एक लाख ३६ जहार ३२८ पाउण्डको जरिमाना माग गरे । 

जोवानाले आफू गम्भिर फ्लुबाट ग्रसित रहेको नबताएका कारण यसको परिणाम आफूले भोग्नु परेको कोन्भेको आक्रोश छ । यति कोही यस्तो गम्भिर रोगबाट पीडित छ भने अर्को व्यक्तिलाई यसबारे जानकारी दिनुपर्ने कोन्भे बताउँछन् ताकि बेलैमा सावधानी अपनाउन सकियोस् । 

कोन्भे एक फिटनेस मास्टर हुन् । उनले जोवानालाई सन् २०१९ मा एका समााजिक सञ्जालमा भेटेका थिए । त्यसपछि सन् २०१९ को जुलाई ४ का दिन उनीहरु सेन्ट्रल लण्डनमा भेटेका थिए । यस घटनापछि भने कोन्भेले जोभानासँग सम्बन्ध तोडेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर