क्वारेन्टिनबाट फर्किएपछि मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकाको क्वारेन्टिनबाट फर्किएपछि मृत्यु भएका व्यक्तिमा पिसिआार रिर्पोट  नेगेटिभ देखिएको छ ।

भेरीगंगा–५ भर्लेनीका एक युवकको आइतबार बिहान मृत्यु भएको थियो । छिन्चुमा रहेको शारदा माविमा रहेको क्वारेन्टिनमा १४ दिन बसेका उनी जेठ २९ गते घर फर्किएका थिए ।

मृत्युपछि उनको स्वाब लिएर प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा पिसिआर गरिएको थियो । उनको रिपोर्ट नेगेटिभ आएको भेरीगंगा नगरपालिकाका उपमेयर रेणु ढकालले जानकारी दिइन् ।

क्वारेन्टिनमा आरडिटी गर्दा उनमा कोरोना नेगेटिभ देखिएपछि घर पठाइएको थियो । मृत्यु भएका उनी जेठ १६ गते भारतबाट फर्किएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर