• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

बाबा रामदेवले बनाए कोरोनाको आयुर्वेदिक औषधी ‘कोरोनिल’, संक्रमितलाई ७ दिनमा निको पार्ने दाबी

एजेन्सी । योग गुरु बाबा रामदेवले पतञ्जली आयुर्वेदले कोरोना संक्रमितको सत प्रतिशत उपचारको दावा गर्दै  पहिलो अयुर्वेदिक औषधी ‘कोरोनिल’ लन्च गरेका छन् । पतञ्जली योगपीठका प्रमुख बाबा रामलेवले बताए अनुसार जुन संक्रमित विरामीलाई प्रयोशाला परिक्षण गरिएका थिए, उनीहरुमा ६९ प्रतिशत विरामीहरुको रिपोर्ट मात्र ३ दिनमा पोजेटिभबाट नेगेटिभ आएको थियो । 

हरिद्वारमा पत्रकार सम्मेलन आयोजना गरी कोरोनिल सार्वजनिक गरिएको हो । जसको सीधा प्रशारण सामाजिक सञ्जाल प्लेटफर्ममा गरिएको थियो । बाबा रामदेवले कोरोनिलको साथमा श्वासारि वटी र अणुतेल लन्च गरेका थिए । उनले भने, 'श्वासारि वटी श्वास प्रणलीलाई बलियो बनाउने औषधी हो । यो रुघाखोकी, ज्वरो आउँदा खाने औषधी हो । अणुतेल विहान नाकमा राख्ने औषधी हो । ‘कोरोनिल’ मा समावेश तुलसी ,गियोय र अश्गंधाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।'

‘कोरोनिल’ खानापछि दिनमा तीन पटक खानुपर्ने रामदेवले बताए । रामदेवले दाबी गरे अनुसार यस औषधीले कोरोना संक्रमितलाई तीन दिनदेखि ७ दिनभित्रमा ठिक गर्छ । ‘कोरोनिल’ बनाउनको लागि पतञ्जली शोध संस्थान तथा राजस्थानको जयपुरमा रहेका राष्ट्रिय चिकित्सा संकेत संस्थान मिलेर खोजी गरेको हो । यस औषधीको निमार्ण दिव्याफर्मेसी र पतञ्जली आयुर्वेद मिलेर गरेका छन् । यो औषधी केही दिनमा पतञ्जली फार्मेसीमा सजिलै पाइने छ । 

आचार्य बालकृष्णले यस विषयमा जानकारी दिदै फेसबुकमा एक पोस्ट लेखेका छन् । जसमा भनिएको छ, 'कोरोनाको एविडेन्स बेस्ट पहिलो आयुर्वेदिक औषधी हो । जसलाई सम्पूर्ण रुपमा वैज्ञानिक रुपमा कागजातको साथमा लन्च गरिएको छ ।  बालकृष्णका अनुसार, कोभिड १९ संक्रमण् देखिने वित्तिकै वैज्ञानिकका केही सदस्यहरु यस काममा लागेका थिए ।

पहिला भाइरसको लक्षण पहिचान गरिएको थियो । पतञ्जलीका सिईओका अनुसार, सय भन्दा धेरै कोरोना पोजेटिभ व्यक्तिहरुमा यो औषधीको क्लिनिकल केस स्टडी गरिएको थियो । जसमा १०० प्रतिशत पोजेटिभ नतिजा मिलेको थियो ।  उनका अनुसार यस औषधीले कोभिड १९ संक्रमितलाई ५ देखि १५ दिनभित्र निको पार्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर