• बिहीबार ३-२५-२०७७/Thursday 07-09-2020/ 06:58 am

बालबालिकालाई झाडापखालाविरुद्ध खोप दिइँदै

काठमाडौं । सरकारले पहिलोपटक झाडापखाला रोक्नका लागि खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जन्मदेखि पाँच वर्षमुनिका बच्चालाई झाडापखालाविरद्ध खोप ‘रोटारिक्स’ दिने भएको हो । 

महाशाखाका बालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले झाडापखालाबाट वर्षेनि बालबालिकाको मृत्यु हुने गरेकाले त्यसलाई रोक्न उक्त खोप दिन थालिएको बताउनुभयो । उहाँका अनुसार वर्षेनि तीन लाख ५० हजारदेखि चार लाख बालबालिकालाई झाडापखाला लाग्ने र तीमध्ये नौ प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको छ ।  

बालबालिकामा पखाला लाग्ने ४० प्रतिशत रोटा भाइरसका कारणले हुने भएकाले उक्त खोप दिन थालिएको हो । ६० प्रतिशत अन्य भाइरस, परजीवी, जीवाणुजस्ता कारणले हुने गर्दछ । उनका अनुसार ‘रोटारिक्स’ यही असारभित्र शुरु गर्नका लागि सातवटै प्रदेश हुँदै सबै जिल्लामा पठाइसकेको छ । उक्त खोप सरकारका १६ हजार खोप केन्द्रबाट नियमित स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई खुवाइने छन् । 

बालबालिकालाई उक्त खोप पहिलोपटक छ हप्तामा र दोस्रो पटक १० हप्तामा खोप खुवाइने गरिन्छ । खोपको मात्रा १.५ मिलिलिटर हुन्छ । “एक बालबालिकालाई वर्षको दुईदेखि तीन पटक पखाला लाग्ने गरेको छ”, उनले भने, “पखालले गर्दा बच्चाको शरीरमा भएको पानी सकिन्छ (जलवियोजन) जसले गर्दा बच्चाको मृत्यु नै हुन्छ । त्यसैले पखाला रोक्न खोप दिइन थालेको हो ।” अब नयाँ जन्मने बच्चा र छ महिना पुगेका बच्चाबाट उक्त खोपको शुरुआत गरिने शाखाका प्रमुख डा गौतमले बताए । नेपालमा बाल मृत्युदर कम गर्न जन्मेदेखि एक वर्ष तीन महिनासम्मका बालबालिकालाई १२ प्रकारका खोप निःशुल्क दिइने गरिन्छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बन्द कोठामा कोरोना भाइरस १० मिटरभन्दा टाढासम्म फैलन सक्छ : वैज्ञानिक

  • २४ असार, २०७७

एजेन्सी । विश्वभर संक्रमित बढिरहेका बीच ३२ देशका दुई सय बढी वैज्ञानिकको एक समूहले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग कोरोना भाइरसको प्रसारको

हावाबाट कोरोना सर्ने प्रमाण पाइयो– डब्लुएचओ

  • २४ असार, २०७७

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हावाबाट कोरोना भाइरस सर्ने प्रमाण पाइएको स्वीकार गरेको छ । यसअघि डब्लुएचओले ३२ देशका २३९

कोभिड–१९ उपचारमा चिनियाँ परम्परागत चिकित्सा विधि ‘टीसीएम’ प्रभावकारी

  • २२ असार, २०७७

बेइजिङ । चीनको राजधानी बेइजिङ नजिकैको सिनफादी बजारमा देखिएका कोरोना भाइरस सङ्क्रमित विरामीको उपचारमा चिनियाँ परम्परागत चिकित्सा प्रणाली (टीसीएम)ले