• बिहीबार ३-२५-२०७७/Thursday 07-09-2020/ 08:29 am

शुरु भो कोभिड–१९ प्रतिकार्य कार्यक्रम

कैलाली ।  धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएका क्वारेन्टीन र आईसोलेशन व्यवस्थापनमा थप सहयोग पु¥याउन कोभिड–१९ प्रतिकार्य कार्यक्रम सुरुआत गरिएको छ ।

ती दुई क्षेत्रमा खानेपानीको व्यवस्थापन, सरसफाई र त्यहाँ उत्पादन हुने फोहरमैलाको व्यवस्थापन गर्ने उद्देश्यले सो कार्यक्रम सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । कोरोना जोखिमलाई कम गर्ने मुख्य ती दुई क्षेत्र व्यवस्थापनलाई सो कार्यक्रमले थप सहयोग पुग्ने जनाइएको छ । 

जर्मन अन्तराष्ट्रिय  सहयोग नियोग (जिआइजेड)को संयोजनमा यहाँस्थित जर्मन राजदुतावास र नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको साझेदारी कार्यक्रम सुरु भएको नगर प्रमुख नृपबहादुर वडले बताए ।

सो कार्यक्रम अन्तर्गत रु. ६४ लाख रकम खर्च हुने  सोसाइटीका जिल्ला शाखा सभापति उत्तम जोशीले जानकारी दिए । उनले कार्यक्रम सञ्चालनका लागि आज उपमहानगरपालिकासँग समन्वयात्मक बैठक सम्पन्न भएको जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५५० पुग्यो

  • २५ असार, २०७७

सुर्खेत ।  कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आएको छैन । दिनहुँ सङ्क्रमित बढिरहे पनि भौतिक दूरी कायम गरेर दैनिक कामकाज गर्न सरकारले दिएको

कर्णाली प्रदेश अस्पतालका चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा कोराना संक्रमण

  • २४ असार, २०७७

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा बुधबार थप २ चिकित्सक र २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । आइसोलेसनमा ड्युटी गरेर क्वारेन्टाइनमा

गुटको भेला र जुलुसले  पार्टीको हित गर्दैन यस्तो कार्य बन्द गर्नुहाेस : नेकपा सुर्खेत 

  • २४ असार, २०७७

सुर्खेत । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन समिति सुर्खेतले पार्टी भित्रको अन्र्तरसंघर्षका विषयमा कुनै प्रकारका भेला तथा जुलुस नगर्न