• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

सकल दर्जाको श्रमबाट ब्यारेक तयार भयो, बजेट चै कता गयो साप ?

भ्रष्टाचार लुकाउन पल्टनकै उठिबास !

संकेत तस्वीर

नेपाली सेनाका बर्तमान चिफसावले सेनाजस्तो गरिमामय संस्थाको नेतृत्व सम्हालेपछी धेरै आर्थीक अनुशासन र जवानमुखी सुधारका कार्यहरु गरेको सुनियो । देशकोलागी आवश्यक पर्दा ज्यान आहुती दिन अग्रमोर्चामा खटिने तत्पर सिपाहीको पसीना घुट्क्याउने अधिकृतहरु पनि तह लगाएको सुनियो । र मिडियामा चिफसावको प्रशंसा पढ्न पनि पाइयो । 

तर हामी नं २ जगदल गणका सकल दर्जाको हकमा चिफसापवको त्यो आदर्श, त्यो चरित्र भोग्न, देख्न, पढ्न र अनुभव गर्न पाइएन किनहोला सेनापति ज्यु ? यो प्रश्नसँगै हामी अलिकति भुमिका भन्न चाहन्छौं, कृपया पढीदिनुहोला । 

हामी पुर्व धनकुटा व्यरेक र सुदुर पश्चिम दिपायल (डोटी) व्यारेकका फौजलाई तत्कालीन पृतनापतीहरुको असहमतीका बाबजुद जबरजस्ती मर्ज गरी श्री नं २ जगदल गण बनाएर एउटा कम्पनीले ओगटेको ठाँउ मेलम्चीमा ल्याएर राखियो जहाँ बस्ने सुत्नेको संरचना अपुग भएर भुइमा महिनौसम्म सुत्नु परेको थियो । 

असार सउनको बर्षे झरीमा, मेलाम्ची जस्तो ओसिलो ठाँउमा बिनाखाट नेपाली सेनाले दिएको एकसरो मन्डिका भरमा सुतेर ओसिएको ज्यान महिनौं पछी जाडोको समय माघ फागुनमा बल्ल बल्ल खाट पाएपछी ज्यान सुक्न नपाउदै किन फेरी स्थापना भएको ३ बर्षाकै समय पारेर यानेकी असारमै हमिलाई स्थानान्तरण गरिदै छ सर् ?

भुइँमा सुतेको करिव ८ महिना पछी हाम्रा  नाममा किनिएका खाटहरु पुग्ने त थिएनन् नै किनेका खाटहरु पनि प्लाइवुड बेगरका फलामका डण्डी मात्र अझै पल्टी रहेका छन कोही हाकिम साबहरुले मेलाम्ची आएर हेर्दा फरक पर्दैन । आखिर हामीलाई बिना प्लाइ फलामका डण्डीमा सुत भनेर डण्डी किन्ने पैसा मात्र दिएको हो र ? कि  तत्कालिन गणपति र लेखाको नियतले हामी एउटा खाटमा २ जना वा २ ओटा खाट जोडेर ३ जना सुत्न बाध्य भयौं ? सत्य तथ्य थाहा पाउन पाए हुन्य्यो सर ।

पानी पर्दा जस्ताबाट चुहेको पानी छल्दै छेउ र कुना गरि सुतेका हामी सिपाहीलाइ त्यो बेला कार्यरत अधिकृतहरुले भन्ने गर्थे “तिमेहरुलाइ त घर बनाउने पैसा आको छ आधुनिक घरमा सुत्न पाउने भयौ, हामी अधिकृत पदिकलाई मात्र केही छैन” तर त्यही एउटा घर र ठुला हतियार राख्ने कोत घर बनाउनलाई पनि हड्डी घोटीयो । 

टण्टलापुर घाममा खोलाबाट ढुंङ्गा बोकेर वाल लगाउने काम गरियो, बल्ल तल्ल हतियार सुरक्षा गर्ने र आफु ओत लाग्ने ठाउँ आँफै बनाइयो दुख गरियो, उक्त दुखको फल खान पनि नपाइ फेरी किन तुरुन्तै मुभ गरिंदैछ हामीलाई सर ? स्यानीय ठेकेदार र नगरपालिका सँग चिप्स, रोडा, गिट्टी र सिमेण्ट सहयोग मागेर बास्केटबल कोर्ट र मुल गेट अगाडीको मोडदेखी अघिल्लो गेटसम्म करिब २५ मिटर देखि २७ मिटर बाटो पिच गर्दा ठेला उठेका हातले बास्केटबल खेल्न नपाइ हामि मुभ हुने सर ? अनि पिच गर्दा ढुंगा र रोडाले घोचेका खुट्टाले त्यो पिचमा हिड्न नपाइ हामि मुभ हुनु पर्ने त्यस्तो के कारण पर्यो सर ? कि त्यसमा पनि बजेट आएको थियो र चन्दा संकलन गरी हाम्रै श्रमले बिना बजेट बाटो, कोर्ट, अब्स्ट्याकल अनि जे.सि.यो. मेश बनेको भनेर अनियमितता खुल्ला भन्ने डरले हामिलाई लखेटेको हो सर ? यदि बजेट आको हो भने त हामिले कहिल्यै श्रमिक ज्याला पाएका छैनौ त सर । 

सामान्यतया नेपाली सेनाको हरेक पल्टन घटिमा ४ देखि ८ बर्ष पछि मात्र स्थानान्तर हुँदै आएको देखेका थियौ । तर हामि लाइ चाही किन  हामिले दुख गरेर जोडेको ब्यारेक संरचना हामिले नै प्रयोग गर्न नपाइ ३ बर्षमा नै  मुभ गराइदै छ सर ? हाम्रालागि यस गणका अधिकृतले किन पहल गर्दैनन् ?

कम्तिमा यहाँ भएका अधिकृतहरुले अहिलेको कोभिड १९ को महामारी, प्रतिकुल मौषम र अन्य पल्टनको मुभ हल्ट गरी हामिलाई मात्र लखेट्दा सकल दर्जाको मोरालमा परेको असर जस्ता सत्य तथ्य माथिल्लो निकायमा जाहेर गरिदिए त माथिल्लो निकायले कुरा बुझ्थयोहोला । अनि केही समय हामि रोकिन्थ्यौ होला तर संभव देखिएन सायद यो अधिकृतहरुले हाम्रो जस्तो दुख भोगेनन् र आफुले भोग्न पनि पर्दैन भनेर होला मौषम प्रतिकुलता बझेर पनि बुझ पचाएको । 

अथवा पोष्टिङ्ग भइहाल्छ अब नयाँ ठाउँमा आफुले दुख गर्नु पर्ने होइन भनेर पनि होला अधिकृतहरुले हाम्रा लागि नबोलेका ।  यदि यस्तो हो भने हामि बिन्ति गर्छौ सर, पहिला हामीले आफ्नै पसिना बगाएर, ढुंगा बोकेर, इटाको ठाउँमा हामी आफैले ब्लक बनाइ गारो लगाएर ठड्याएको पदिक लाइन देखि गन कोतघर, पछाडीको रिटेनिङ्ग वाल सहित बास्केट बल कोर्ट र पिच  सडकको पहिला छनबिन होस अनि हामीलाइ मुभ गराइयोस ।

हामी भकुण्डेबेसी मात्र होइन कालापानिमा गएर तैनाथ हुन र यतिकै दुख गर्न तयार छौ सर । हामी सुन्दैछौ हामीले बनएको सिमेण्ट ढलानवाला गन कोतघर भत्काएर भकुण्डबेसि लैजानु भन्ने आदेश छ रे, आखिर किन ? कि हामी अप्राबिधिक, अदक्ष तथा साधारण सीपले बनाएका संरचना मापदण्ड अनुसार नभएर हो ?

यदि त्यसो हो भने पहिला त्यो घरको छानबिन हुनु पर्यो, मापदण्ड लेखाजोखा  हुनु पर्यो अनि हामिले सुने अनुसार निरिक्षण टिमले अघिल्लो गणपतिलाई सोधिएको १६ बुँदे स्पष्टीकरणले के सुधार भयो ? त्यसको पनि लेखाजोखा हुनु पर्यो सर । 

गारो लगाउने मिस्त्री र सिकर्मीले मात्र प्राय हरेक महिना टि.ए.डि.ए.खाएको रेकर्डले के  देखाउँछ ? यस गणको २०७५ साल भरी खुवाइएको टि.ए.डि.ए.को रेकर्ड हेरे थाहा भईहाल्छ यदि छानबिन हुन्छ भने । गारो लगाउँदै र झ्याल ढोका बनाउँदै फुर्सद नपाएका मिस्त्री, डकर्मी सिकर्मीलाई कहाँको भ्रमण गराइयो  र टि.ए.डि.ए.खुवाइयो ? अनि बास्तबिक रुपमा आफ्नो ब्यक्तिगत खर्च गरी पल्टनको काममा पोष्ट (काठमाण्डौ,मेलाम्ची,काठमाण्डौ, मेलाम्चि,सिन्धु, मेलम्ची, मेलम्चि, ग्याल्थुम, मेलम्ची र मेलम्चि, चम्बाथान,मेलम्ची बदलि गर्न आते जाते गर्ने जवानलाई किन टि.ए.डि.ए. अपुग छ भनेर खुवाइएन ? 

कृपया यो सम्पुर्ण कुराको छानबिन होस र हाम्रा सेनापतिको निष्पक्षताको आभाष हामिलाई पनि होस । अन्यथा खबर पत्रिकाले लेखेका कारण प्रयोग संशेर जबरा जरसाब र केहि औलामा गनिने निरिह अधिकृतहरुलाई मात्र कारबाही किन गरिन्छ ?

नं.२ जगदलका ०७५ सालका हाकिमलाई चाहीँ किन उन्मुक्ती दिइँदै छ उस्तै केसमा सर ? कम्तिमा एकपटक हामीलाइ जम्मा गरी सोधियोस सत्य कुरा हामि भन्छौ हामिलाई कसरी मज्दुर बनाइयो, हामि भन्छौ, हामि मिस्त्री काममा खटिएका १५ जानाजतिलाई मात्र काउन्सिलिङ्ग गरी ट्रयाकसुट हाल्दिन्छु काम गर राम्ररी भनेर फकाएको अनि हामि मध्ये कसैले १५ – २० जनालाई मात्र ट्याकसुट हाल्दा झन शंका हुन्छ, फस्ने काम गर्दिन भन्दा सेनानी तिर्थराज गौतमले तुरुन्त अम्बाथान पोष्ट लखेटेको कुरा ।

हामि भन्छौ मुनाफारहित क्याण्टिनमा सेनानि तिर्थराजले ब्यक्तिगत रुपमा कालो  कपडाको बेल्ट बेच्न लगाई उहाँले नै बिहानिको परेडमा बेल्ट लाको नालाको चेक गरी अनिबार्य कालो बेल्ट किन्न लगाएर लगाउन लाको र नाफा खाको कुरा, हामी भन्छौ सर, नेपाली सेनाबाट निकाशा भएको कोरियन बेल्ट हुंदा हुंदै कालो बेल्ट किन्नुपरेको पिडा जुन नेपालि सेनाको निकाशा नै होइन र निरिक्षण टोलि सुन्न आइदिनुहोला हामि भन्छौ नेपालि सेनाको आदेस बिपरित गणमा चमेना क्याण्टिन राखेर हु.इन्द्र तामाङ्ग मार्फत नाफा कमाएको कुरा । निर्माणका कुराहरुमा लेखाले बनाएका किर्ते कागजपत्र मात्र सबथोक होइनन् सर, भुक्तभोगी साक्षी हामि छौ हामिलाई लाइन लाएर सोधियोस बास्तबिकता हामि भन्छौ सर ।  

अन्त्यमा हामीलाई मुभ गराइयोस केहि छैन तर उचित समयको ख्याल गरियोस अनि हामी मुभ हुनु पहिला एउटा छानबिन टोली आइ घरहरुको नापजाँच गरियोस अनि मात्र भत्काउनु परे भत्काउँला बिशेषगरी ए.डि.हतियारको कोतघरको नापजाँच होस, अझै चोरी गरेर ल्याएको सामाग्रीको यहाँ उल्लेख नगरुम किनकी पल्टनको बेइज्जत र सार्बजानिक अबिश्वास हुने छ ।

अन्तिम अनुरोध छ सर, यदि कसैको ब्यक्तिगत रिसिबि छ कसै प्रति र त्यासकै कारण बिना योजना ९सेनाको बार्षिक मुभ योजना बिनै, अकस्मात मुभ निकालेको हो भने जो सँग रिस छ उसै संग बदला लिइयोस हामि तल्लो स्तरका अधिकारकाबिनाका जवानले हाजुरहरुको के बिगारेका थियौ र सर हामिलाई यो झरी अनि महामारिमा दुख दिनुहुन्छ ? मुभको दौरान ३ ओटा पब्लिक क्वारेन्टाइन डिउटीमा भएका ३३ जनालाई एउटै समयमा अरुसंग मिसाइ एउटै गाडिमा कसरी सामाजिक दुरी कायम गर्दै मुभ गराउनु हुन्छ सर रु छानबिन गरी हाम्रो संरक्षण गरिदिन अनुरोध गर्दछौ । 

-  नं २ जगदल गणका सकल दर्जा   
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर