प्रदेश २ : नागरिकता संशोधन विधेयक बिरुद्ध प्रदेशसभामा प्रस्ताव पेश

जनकपुरधाम । देशैभरी अहिले चर्चाको विषय बनेको नागरिकता संशोधन विधेयक बिरुद्ध प्रदेश दुईका प्रदेशसभा सदस्यहरुले आक्रोश व्यक्त गरेका छन् । प्रदेश दुईको शनिबार बसेको प्रदेशसभा बैठकमा नागरिकता संशोधन विधेयक बिरुद्ध सार्वजनिक महत्वको प्रस्ताव पेश भएपछि छलफलमा भाग लिएका प्रदेशसभा सदस्यहरुले आक्रोश व्यक्त गरेका हुन् । 

प्रदेशसभामा प्रदेशसभा सदस्य शैलेन्द्र यादवले वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्ने सम्बििन्ध सार्वजनिक महत्वको सुुझाव सहितको प्रस्ताव प्रस्तुत गरेका छन् । उनको प्रस्तावलाई प्रदेशसभा सदस्य परमेश्वर साह र शिवचन्द्र चौधरीले समर्थन गरेका छन् ।

सदनमा प्रस्तुत भएको सो प्रस्ताव उपर छलफल गर्ने क्रममा अधिकांश प्रदेशसभा सदस्यहरुले यो संशोधन विधेयक नेपाल भारत बिचको सम्बन्ध बिगार्ने प्रयास स्वरुप ल्याइएको आरोप लगाएका थिए । 

छलफलमा भाग लिँदै नेपाली कांग्रेस प्रदेश दुईको संसदीय दलका नेता रामसरोज यादवले नागरिकता संशोधन विधेयकले देशमा द्वन्द्व निम्त्याउउने तर्फ सचेत गराए । उनले खोक्रो राष्ट्रवादको नारा दिएर यो ससंशोधन विधेयक ल्याउनु नै विभेदकारी कदम रहेको बताए ।

उनले भने ‘राष्ट्रवाद कालापानी, लिम्पियाधुरा, लिपुलेकमा मात्रै सीमित राख्नु हुँदैन, राष्ट्रवादको नारा लगाएर मधेशीहरुलाई अमपान गर्नकै लागि यो संशोधन विधेयक प्रतिनिधिसभामा ल्याइएको हो ।’ विधेयक ल्याउनु बालबालिकाको खेल नरहेको भन्दै उनले नश्लिय चिन्तनबाट माथी उठेर विचार गर्न आग्रह गरे । 

प्रदेशसभा सदस्य सुुरिता साहले सामाजिक, पारिवारिक तथा सांस्कृतिक सम्बन्ध खलबलाउनका लागि यो विधेयक ल्याइएको आरोप लगाइन् । उनले भनिन् ‘राजतन्त्र रहेको बेलामा पनि हाम्रो देशमा वैवाहिक अंंगिकृत नागरिकतामा कडाई गरेनौँ, यस्तो कुन गणतन्त्र हामीले ल्यायौँ जो महिलाको अधिकारलाई कुण्ठित गर्ने प्रयास गरिदैछ ।’ उनले संविधान र कानूनमा बहुमतको कुरो नगरौँ, यसमा सर्वसहमित गरेर मात्रै निर्णय गर्नु पर्छ बताइन् । 

प्रदेशसभा सदस्य रामअशिष यादवले यस प्रकारको गैर संवैधानिक विधेयकले देशको अर्थतन्त्र पििन धाराशायी हुने तर्फ सचेत गराए । उनले दूबै छिमेकी संग सम्बन्ध सुमधुर बनाउनुको साटो एउटा छिमेकीसंग नजिकिने र अर्को छिमेकीसंग सम्बन्ध बिगार्ने खेल भई रहेको आरोप लगाए । यो नागरिकता संशोधन विधेयक नै विवेकहिन, साम्प्रदायिक, गैरसंवैधानिक रहेको उनको भनाई थियो ।

उनले भने‘ सिंहदरबारमा बसेकाहरु आफूलाई ठूलो राष्ट्रवादी कहलाउन रुचाउँछन् तर उनीहरु नै एक हाथमा भारतको झण्डा, अर्को हातमा चिनको झण्डा राखेका हुन्छन्’, ‘अगाडी भने तर हाम्रो झण्डा टुडीखेलमा झरेको छ, उठाउने जिम्मा कोही लिदैनन्, आवश्यक्ता अनुसार दुई छिमेकी मध्ये एक छिमेकीको झण्डा बोक्छन् ।’ 

नेकपाका प्रदेशसभा सदस्य मञ्जु यादवले सरकारले प्रतिनिधिसभामा नागरिकता संशोधन विधेयक ल्याएकोमा संघ सरकारलाई धन्यवाद दिनुको साटो यसको बिरोध गर्नु गलत रहेको बताइन् । 

नेकपाकै अर्का प्रदेशसभधा सदस्य रामचन्द्र मण्डलले नेपाली पुरुषसंग विवाह गर्ने विदेशी केटीलाई ७ वर्षसम्म नागरिकता नदिइएपनि आर्थिक, सामजिक अधिकार दिइएकोले यसको बिरोध गर्नुको कुुनै तुक नरहेको बताए । 

वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्ने सम्बििन्ध सार्वजनिक महत्वको सुुझाव सहितको प्रस्ताव प्रदेश दुईको प्रदेशसभामा बहुमतले स्वीकृत भएको छ । 

यता शनिबारकै बैठक शुरु हुनु अघि राजु सदाको मृृत्युको कारण पत्ता लगाउन संसदीय छानविन समिति गठन हुनु पर्ने केही प्रदेशसभा सदस्यहरुले माग गरेका छन् । बैठक शुरु भए लगत्तै प्रदेशसभा सदस्य रविन्द्र बैठा र परमेश्वर साहले राजु सदाको मृृत्युको सम्बन्धमा सत्यतथ्य बाहिर ल्याउनका लागि ससंसदीय छानविन समिति गठन हुनु पर्ने माग गरेका थिए । पछि सभामुख सरोज यादवले यसबारे सत्य तथ्य पत्ता लगाउन संसदीय छानविन समिति गठन गरिने बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर