• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

असार १५ : जान्नुस् दही–चिउरा खानुको विशेष फाइदा

काठमाडौं । आज असार १५ अर्थात् दही–चिउरा खाने दिन । परम्परादेखि संस्कृतिको कृषकहरूले काम गर्दै दही–चिउरा खाएर यो पर्व विकसित हुँदै आएको छ ।परम्परमगत सांस्कृतिक महत्व बोकेको दही–चिउरा स्वास्थ्यका लागि धेरै फाइदाजनक रहेको छ । दही–चिउरामा हाम्रो शरीरमा चाहिने आवश्यक पोषण तत्व धेरै नै पाइने गर्दछ ।

दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा पाइन्छ ।दहीमा पाइने क्याल्सियमले हड्डीलाई बलियो बनाउने काम पनि गर्दछ । त्यस्तै, दहीको नियमित सेवनले रक्तचापलाई पनि नियन्त्रण राख्छ ।

नियमित दही सेवन गर्दा ठूलो आन्द्रा क्यान्सरको समस्या, ग्यास्ट्रिकको समस्या तथा अल्सर हुुने समस्याबाट पनि जोगाउने काम गर्दछ । त्यसैगरी, चिउरामा पनि शरीरलाई चाहिने पोषण तत्वहरू पाइने गर्दछ ।

चिउरामा आइरन, कार्बोहाइड्रेट, क्याल्सियम, भिटामिन बी, प्रोटिन पाइन्छ । चिउरा खाँदा मोटोपनको समस्या पनि कम गर्दछ । साथै चिउरा सेवन गर्दा छिट्टै शक्ति प्रदान हुन्छ ।

चिउरा खाँदाको फाइदाहरू
– चिउरामा कार्बोहाइड्रेड भएकाले यसले शक्ति प्रदान गर्दछ ।
– चिउरामा आइरनको मात्रा बढी हुन्छ ।

दही खानुका फाइदा
– दही सेवन गर्दा रोगसँग लड्ने क्षमता बढाउँछ ।
– दहीमा बनाउने ल्याक्टोब्यासिलस ब्याक्टोरिया प्राचन प्रक्रियामा सहयोग गर्दछ ।
– दहीको सेवन गर्दा ठूलो आन्द्रा क्यान्सरको समस्या, ग्यास्ट्रिकको समस्या तथा अल्सर हुुने समस्याबाट पनि जोगाउने काम गर्दछ ।
– दहीको नियमित सेवनले हड्डी कमजोर हुने समस्यालाई कम गर्छ ।
– पेट गडबडी हुँदा अर्थात् पखाला लागेको समयमा दहीको सेवन गरे यसले पखाला नियन्त्रण गर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर