• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आगामी तीन दिनसम्म वर्षा नरोकिने, आज भारी वर्षाको सम्भावना

काठमाडौं । झन्डै एक हप्तादेखि देशभर जारी वर्षा आज पनि रोकिएको छैन , मौसम पूर्वानुमान महाशाखका अनुसार अहिले पनि देशभरका केही स्थानमा पानी परिरहेकै छ ।

आज दिउँसो पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै प्रदेश १, २, ५ र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । 

यसैगरी आज राति पनि सबै प्रदेशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी रहनेछ भने प्रदेश १, २, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले सोमबार बिहान जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ ।

२४ घण्टे चेतावनी जारी गर्दै महाशाखाले वर्षा हुने क्षेत्रमा बाढीपहिरो तथा डुबानको समेत खतरा रहेकाले होसियारी अपनाउन आग्रह गरेको छ । वर्षा आगामी तीन दिन अर्थात् बुधबारसम्म नरोकिने मौसमविद्ले बताएका छन्। सामान्यतया मौसमविद्ले तीन दिनसम्मको मौसमी अनुमान गर्ने गर्छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर