• शुक्रबार ३-२६-२०७७/Friday 07-10-2020/ 10:07 am

रियल मेड्रिड शीर्ष स्थानमा फर्कियो

काठमाडौं । स्पेनिस क्लब रियल मेड्रिड ला लिगा फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।लिगको ३२औं चरणको खेलमा इस्पान्योलमाथि १र० गोलअन्तरको साँघुरो जित निकाल्दै रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । यो जितसँगै रियल बार्सिलोनालाई समान खेलपछि स्पष्ट रूपमा २ अंकले पछि पार्दै उपाधि होडमा अघि बढेको छ ।

नेपाली समयअनुसार सोमबार बिहान इस्पान्योलको घरेलु मैदानमा भएको खेलमा रियलले जित निकाल्न ठूलै संघर्ष गर्नु परेको थियो । घरेलु टोली इस्पान्योलले उत्कृष्ट रक्षात्मक खेल खेल्दा रियलले १र० को साँघुरो जितमै चित्त बुझायो । रियलको जितमा मिडफिल्डर कासेमिरो नायक बने । उनले खेलको ४५औं मिनेटमा गरेको एक मात्र गोलले नै रियललाई महत्त्वपूर्ण ३ अंक दिलाउन पर्याप्त बन्यो ।

कासेमिरोले डीबक्सबाट निकै कठिन अवस्थामा सो गोल गरेका थिए । बक्समा करिम बेन्जेमाले दिएको सुन्दर ब्याक हिल पासमा कासेमिरोले डिफेन्डरलाई बिट गर्दै बललाई जाली चुमाएका थिए । जितपछि रियलले ३२ खेलबाट ७१ अंक जोडेको छ । रियलले समान खेलपछि बार्सिलोनालाई २ अंकले पछि पार्दै शीर्ष स्थान ओगटेको छ । पराजित इस्पान्योल भने २४ अंकसहित लिगको २०औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको फराकिलो जीत, टोटेनहम भने बराबरीमा

  • २६ असार, २०७७

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडविजयी भएको छ । गएराति भएको खेलमा युनाइटेडले एस्टोन भिल्ला माथि ३–० को फराकिलो जीत दर्ता गरेको हो

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

  • २६ असार, २०७७

एजेन्सी । इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराती सम्पन्न खेलमा युनाइटेडले एस्टन भिल्लालाई ३–० गोल अन्तरले पराजित गरेको हो

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको फराकिलो जित

  • २५ असार, २०७७

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले न्युकासल युनाइटेडलाई ५(० गोल अन्तरले पराजित